काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले दुई अध्यक्ष प्रचण्ड र ओलीले सार्वजनिक गरेको राजनीतिक दस्तावेजलाई स्थायी कमिटी बैठकमा पेश गर्ने निर्णय गरेको छ ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले दुई अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदनलाई स्थायी कमिटीमा लगेर छलफल गर्ने निर्णय गरेको हो । सचिवालय बैठकमा प्रस्ताव फिर्ता लिने विषयमा सहमति नजुटेपछि स्थायी कमिटीमा लान लागिएको हो । पार्टीको स्थायी समिति बैठक भोली १ बजे बस्ने बताइएको छ ।
शनिबारको सचिवालय बैठकमा भने प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओली पनि उपस्थित थिए ।