काठमाडौं । ‘मिस नेपाल वर्ल्ड २०२०’ को उपाधी नम्रता श्रेष्ठले जितेकी छन् ।
हिडेन ट्रेजरले आज यहाँ आयोजना गरेको प्रतियोगितामा २१ जनालाई उछिन्दै काठमाडौँकी २२ वर्षीया श्रेष्ठले ताज पहिरिएकी हुन् ।
उनलाई ‘मिस नेपाल वर्ल्ड २०१९’की अनुष्का श्रेष्ठले मिस नेपालको ताज पहिराइन्।
आयोजकले कल्पना गर्नुहोस्, ‘तपाई सानो ढुङ्गा हो, जो पोखरीमा ढुङ्गा खसेपछि सुन्दर तरङ्ग फैलाउँछ, तपाई नेपाली महिलाको जीवनमा लामो समयसम्म तरङ्ग फैलाउन चाहनहुन्छ ? ’ भन्ने प्रश्नमा उनले नेपाली महिला सकारात्मक सोचका साथ अगाडि बढाउने हो भने संसार जित्न चाहन्छन् भन्ने जवाफ दिएकी थिइन् ।।
मिस नेपाल श्रेष्ठले नगद दुई लाख ५० हजारसहित कार्यालय प्रयोजनका लागि गाडीसमेत प्राप्त गरिन् ।
मिस नेपाल श्रेष्ठ चीनमा हुने मिस वल्र्ड प्रतियोगितामा नेपालको तर्फबाट सहभागी हुनेछिन् ।
प्रतियोगितामा मिस नेपाल अर्थ काठमाडौँकी २४ वर्षीया सुप्रिया श्रेष्ठ, मिस नेपाल इन्टरनेशनल महोत्तरीकी २४ वर्षीया सन्ध्या शर्मा र मिस सुपरनेशनल काठमाडौँकी २४ वर्षीया सिमल कनौजिया घोषित भए ।
उनीहरु तीनै जनाले नगद रु दुई लाख ५० हजार प्राप्त गरे ।