काठमाडौँ । साताको दोस्रो दिन शेयर बजारमा हरियाली छाएको छ । आइतबार तेहेरो अंकले घटेको शेयर बजार सोमबार ७२ दशमलव २८ अंकले बढेको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार परिसुचक २ हजार ४ दशमलब ३९ विन्दुमा पुगेको छ भने ६ अर्ब ६६ करोड ७९ लाख ५६ हजार ८३१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये सबै समूहमा हरियाली छाएको छ ।