काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार गरिएको ६ हजार २२० नमुना परिक्षणमा १०१४ जनामा कोरोना पोजेटिभ पाइएको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोमबार सम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४१ हजार ९९५ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६२८ जना कोरोना संक्रमित निको भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख २७ हजार ४३३ पुगेको प्रवक्ता गौतमले जानकारी दिएका छन्