• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

यी हुन् बलात्कार आरोपित ‘सिद्धबाबा’ लाई सफाई दिने सुनसरीका जिल्ला न्यायाधीश !

  •  मेन समाचार संवाददाता
  • २३ मंसिर २०७७, मंगलवार ०८:४५ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement

    काठमाडौँ । बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका ‘सिद्धबाबा’ भनिने कृष्णबहादुर गिरीले सोमबार सफाई पाए । आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोप लागेका गिरीलाई जिल्ला अदालत सुनसरीले सफाई दिएको हो ।

    बलात्कारका आरोपितलाई एकतर्फी रुपमा फैसला गर्दै सफाई दिइएको भन्दै चौतर्फी आलोचना शुरु भएको छ । जिल्ला अदालत सुनसरीका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलाशले उनीमाथि लागेको अभियोग दाबी नठहर्ने भन्दै सफाई दिएको हो ।

    न्यायाधीश कोइरालाले पेशी सार्नको लागि जिल्ला सरकारी वकिल कार्यलयले पठाइएको पत्रको बेवास्ता गर्दै फैसला सुनाएका हुन् । महान्यायाधिवक्ता कार्यालयमा पठाएको मिसिल आइनसकेको र यसअघि सिद्धबाबाको वकिल हेर्ने सरकारी वकिल सरुवा भएकाले सोमबारको पेशी सार्न माग गरेको थियो । सरकारी वकिल कार्यलयले पठाएको निवेदन नियोजित रुपमा दर्ता नगरि एकतर्फी बहससँगै सिद्धबाबालाई सफाइ दिने फैसला सुनाइएको छ ।

    सिद्धबाबाले यसअघि नै बलात्कारको आरोप स्वीकार गरेको अडियो रेकर्ड सार्वजनिक भएको थियो । २०७६ कात्तिक ४ मा आफ्नै अनुयायीमाथि बलात्कारको आरोप लागेको थियो । उनलाई प्रहरीले पक्राउ गरि मुद्धा चलाएको थियो । जिल्ला अदालत सुनसरीको यसअघिको फैसलामा उनलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश गरिएको थियो ।

    जिल्ला अदालत सुनसरीको फैसला उल्ट्याउँदै उच्च अदालत बिराटनगरले सिद्धबाबालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । उच्च अदालतको आदेश पश्चात सिद्धबाबा सर्वोच्च अदालत पुगेका थिए । सर्वाेच्चले पनि उच्च अदालतकै फैसला सदर गरेको थियो । सर्वोच्चले फैसला गरेको दश दिनपछि जिल्ला अदालतले सफाइ दिएको हो ।

     

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    भागरथी हत्या प्रकरणः आरोपित किशाेरमाथि अनुसन्धान गर्न पाँच दिनकाे म्याद थप
    प्रदेश २ को प्रदेश सभा बैठक अन्यौलः आज हुने बैठक २ गतेका लागि सारियो
    काँग्रेसले बोलायो संसदीय दलको बैठक
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      नेकपा विवाद यथाशीघ्र टुंगो लगाउन पाँच पूर्वप्रमुख आयुक्तहरुको आग्रह (बक्तव्यसहित)

    • २.
      भागरथी हत्या प्रकरणः आरोपित किशाेरमाथि अनुसन्धान गर्न पाँच दिनकाे म्याद थप

    • ३.
      लक्ष्यभन्दा ४४ करोड बढी राजस्व सङ्कलन

    • ४.
      प्रधानमन्त्री पाए नभाग्ने देउवाको घोषणा, प्रतिपक्षबाट डगमगाउन नहुने पौडेलको अडान !

    • ५.
      सरकार र विप्लव समूहबीच दोस्रो चरणको वार्ता सम्पन्न, वार्ता सकारात्मक निश्कर्षनजिक !

    • ६.
      कंगो र गुएनामा इबोलाको संक्रमण, ११ जनाको मृत्यु

    • ७.
      भारतमा एक करोड ११ लाख भन्दा बढी कोरोना सङ्क्रमित

    • १.
      लेटमिइन मिसेस ब्यूटी क्वीनको ताज रश्मिलाई

    • २.
      सांगीतिक रियालिटी शो ‘द ब्याण्ड च्याम्पियन नेपाल’को घोषणा

    • ३.
      वायूसेवा निगमभित्र यौनकाण्ड, उच्च तहको कर्मचारीको दवाबमा मिलापत्र !

    • ४.
      फेवातालको तोकियो चार किल्ला : नयाँ क्षेत्रफल ५.७३ वर्गकिमी

    • ५.
      म्याग्दीका गाउँलाई शहरसँग जोड्न १३ पक्की पुल बन्दै

    • ६.
      ओली भेट्न बालुवाटार पुगे वामदेव गौतम, पार्टी एकता कायम राख्न आग्रह

    • ७.
      ओलीको हरेक कदममा साथ दिएकै कारण राष्ट्रपति भण्डारी विवादमा

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.