• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

अरुण तेश्रो जलविद्युत आयोजनाका मजदुर आन्दोलित, काम ठप्प

  •  मेन समाचार संवाददाता
  • २३ मंसिर २०७७, मंगलवार १०:५४ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    संखुवासभा । सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाका मजदुर आन्दोलित भएका छन् । अरुण तेस्रो परियोजनाका मजदुर विभिन्न माग राख्दै सोमबारदेखि आन्दोलित हुँदा काम ठप्प भएको छ । बाँधस्थल मकालु गाउँपालिकालु–५ फ्याक्सिन्दाका मजदुर ज्याला बढाउन माग गर्दै दिनभर आन्दोलित भएका छन् ।

    सोमबार बिहानैदेखि मजदुर आन्दोलित हुँदा अरुण तेस्रोको बाँधस्थल फ्याक्सिन्दा दोभानमा काम अवरुद्ध भएको हो । अरुण तेस्रो सुरुङमार्ग निर्माणलगायतका बाँधस्थलको काम भारतीय निर्माण कम्पनी जेपी एशोसियटर्स कन्स्ट्रक्सनले गरिरहेको छ । बाँधस्थलका मजदुरले भौतिक पूर्वाधार कार्यालय सङ्खुवासभाले निर्धारण गरेको दररेटअनुसारको ज्याला नदिएको, आठ घण्टाभन्दा बढी काम लगाएको, समयमा तलब भुक्तानी नगरेको भन्दै कार्यालय घेराउ गरेका छन् ।

    निर्माण कम्पनीले लामो समयदेखि मजदुरको ज्याला नबढाएको, स्थानीय श्रमिक तथा मजदुरलाई काम नदिएकोलगायतका विषयमा ठेकेदार निर्माण कम्पनीसँग असुन्तष्टि जनाउँदै पटक–पटक काम अवरुद्ध गर्दै आएका छन् । अरुण तेस्रोका मजदुरले यसअघि पनि ज्याला बढाउन माग गर्दै काम अवरुद्ध गर्दा तत्कालै बढाउने सहमति भएको थियो । वर्ष दिन बितिसक्दासमेत ज्याला बढाउने र स्थानीय मजदुरलाई काम दिने सहमति निर्माण कम्पनीले पालना नगरेको भन्दै पुनः काम अवरुद्ध पार्न बाध्य भएको मजदुर विशाल चौहानले बताए ।

    अरुण तेस्रोको बाँधस्थलमा कार्यरत मजदुरले ज्याला बढाउनुपर्ने माग गरेको भए पनि काम भने अवरुद्ध नभएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले जानकारी दिए । बहुचर्चित ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना भारतीय सतलज कम्पनीले निर्माण गरिरहेको छ । अरुण तेस्रो परियोजनाको गत कात्तिक २६ गते प्रधानमन्त्री केपी ओलीले समेत स्थलगत अनुगमन गर्दै काम सन्तोषजनक रहेको बताएका छन् ।

    अरुण तेस्रो परियोजनामा कूल एक खर्ब ४४ अर्ब लागत लाग्ने अनुमान गरिएको छ । सत्तरी प्रतिशत ऋण र ३० प्रतिशत स्वपूँजीमा निर्माण गर्न लागिएको हो । मकालु–५ फ्याक्सिन्दा दोभानबाट ११ किलोमिटर सुरुङ खनेर चिचिला गाउँपालिका–२ को पुखुवामा विद्युत् गृहस्थल रहने छ । विद्युत्गृह पुखुवामा भारतीय पटेल इञ्जिनीरिङ कम्पनीले काम गरिरहेको छ । रासस

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    वार्ता टोलीलाई विप्लवले भेटे, सभागृह जानुअघि आन्तरिक छलफल
    विप्लव नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला रिहा
    काँग्रेस सरकारमा जान हुँदैनः प्रकाशमान सिंह
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे विप्लव

    • २.
      वार्ता टोलीलाई विप्लवले भेटे, सभागृह जानुअघि आन्तरिक छलफल

    • ३.
      विप्लव नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला रिहा

    • ४.
      काँग्रेस सरकारमा जान हुँदैनः प्रकाशमान सिंह

    • ५.
      विप्लव नेतृत्वको नेकपाका नेताकार्यकर्ता रिहाइ प्रक्रिया शुरु

    • ६.
      काठमाडौँ आइपुगे विप्लव, राष्ट्रियसभाबाट सार्वजनिक हुनुअघि बालुवाटार जाने

    • ७.
      कांग्रेस संसदीय दलको बैठक बस्दै

    • १.
      विप्लव समूहले शान्तिपूर्ण राजनीति गर्ने,भोली विप्लव र प्रधानमन्त्रीले एउटै मञ्चबाट सम्बोधन गर्ने

    • २.
      लेटमिइन मिसेस ब्यूटी क्वीनको ताज रश्मिलाई

    • ३.
      सांगीतिक रियालिटी शो ‘द ब्याण्ड च्याम्पियन नेपाल’को घोषणा

    • ४.
      भूमिगत राजनीतिको दुई बर्षपछि सार्वजनिक हुँदै नेत्रविक्रम चन्द ‘विप्लव’

    • ५.
      वायूसेवा निगमभित्र यौनकाण्ड, उच्च तहको कर्मचारीको दवाबमा मिलापत्र !

    • ६.
      फेवातालको तोकियो चार किल्ला : नयाँ क्षेत्रफल ५.७३ वर्गकिमी

    • ७.
      पोखरा प्रज्ञा प्रतिष्ठानका नवनियुक्त कुलपतिसहित सदस्यहरुले लिए सपथ

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.