मोरङ । मोरङमा एक शिक्षकको हत्या भएको छ । जिल्लाको मिक्लाजुङ गाउँपालिका–१ बर्खेका ५४ बर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको मंगलबार बिहान अपहरणपश्चात हत्या भएको हो ।
मंगलबार बिहान अपहरणमा परेका श्रेष्ठलाई उनकै घरनजिकैको जंगलमा लगि गोली हानेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटनामा विप्लव समुहको संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अुनसार मंगलबार बिहान करिब ६ बजेको समयमा शिक्षक श्रेष्ठका घरमा ५ जनाको संख्यामा एक समूह आएको र त्यही समूहले श्रेष्ठलाई घरबाट उठाएर जंगल पुर्याएको थियो । अपहरणको सुचना पाएपछि खोजीमा लागेको प्रहरीले जंगलमा श्रेष्ठको शव फेला पारेको थियो ।
हत्या गरिएका श्रेष्ठ स्थानीय सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक थिए ।