काठमाडौँ । सरकारले तीन वटा देशका लागि राजदुत सिफारिस गरेका छन् । मंगलबार बिहान बसेको मन्त्रीपरिषद बैठकबाट श्रीलंका, इजिप्ट र दक्षिण कोरियाका राजदुतका लागि तीन जनाको नाम सिफारिस गरेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकबाट श्रीलंकाका लागि रमेशचन्द्र पौडेल, इजिप्टका लागि निर्मलराज सुवेदी र दक्षिण कोरियाका लागि डा. कृष्णचन्द्र शर्मालाई सिफारिस गरेको हो ।