• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

कोरोनाको सन्त्रासः नमुना परिक्षण गराउनै डराउछन जनता

  •  मेन समाचार संवाददाता
  • २३ मंसिर २०७७, मंगलवार १६:३० प्रकाशित
    Advertisement
    Advertisement

    सुदुरपश्चिम । धनगढीको व्यापारिक फर्ममा काम गर्दै आएका स्थानीय एकजना पुरुषलाई ज्वरो र रुघाखोकीको समस्या देखिएपछि बिदा मागेर घरमा नै बस्न थाले । कोरोना भाइरस संक्रमण भएको शंका गर्दै छिमेकी र परिवारका सदस्यले नमुना परिक्षण गराउन पटकपटक सल्लाह दिए । तर उनले परिक्षण गर्न मानेनन् ।

    उनि घरमा नै बसेर तुलसीपात र ज्वानो घोलिएको तातोपानी नियमित खान थाले । घरको बसाइमा उनि १२ दिनमै सञ्चो भई आफ्नो नियमित काममा फर्किए । रुघाखोकी र ज्वरोको लक्षण देखिएका धनगढीकै अर्का नाम उल्लेख गर्न नचाहने पुरुषले पनि नमूना जाँच गराउन परिवार र छरछिमेकीले दिएको सल्लाह मानेनन् ।उनले भने, “नमूना लिन घरमै स्वास्थ्यकर्मी आइदिएको भए दिन्थे, घरबाहिर गएर नमूना दिन असहज महसुस हुँदा दिईनँ ।”

    कोरोनाको सङ्क्रमण भए÷नभएकोबारे जानकारी नभए पनि बिरामी भएको समयमा घरमा बस्दा परिवारका अन्य सदस्यको स्वास्थ्य सुरक्षाका लागि भने आफू सचेत भएको उनले बताए । घरमै अलग्गै बस्नुभएकाउनि दुई हप्तापछि निको भई काममा फर्किए ।

    उनिहरु जस्तै रुघाखोकी लाग्ने, ज्वरो आउने, हातखुट्टाका जोर्नी दुख्ने लक्षण देखिने कतिपय व्यक्ति पछिल्ला दिनमा आफ्नो नमूना परीक्षण गराउन इच्छुक देखिँदैनन् । कोरोना भएको पुष्टि भएमा समाजले सम्बन्धित व्यक्तिमाथि गर्ने व्यवहार र परिवारका सदस्यमा देखिन सक्ने त्रासका कारण पनि कतिपय व्यक्तिले आफ्नो नमूना जाँच गराउन इच्छुक नदेखिनु भएको बताइन्छ । यस्तो लक्षण देखिने व्यक्ति बिरामी भएर घरमै बस्ने गरेका छन् ।

    लक्षणसहित सिकिस्त अवस्थाका बिरामीले भने नमूना जाँच र परीक्षण गराउने गरेका छन् । पछिल्ला दिनमा प्रदेशमा नमूना सङ्कलनमा पनि कमी हुँदै गएको छ । प्रदेशका प्रयोगशालमा दैनिक छ हजार नमूना परीक्षण गर्ने क्षमता रहे पनि नमूना सङ्कलन सुस्त हुँदा निकै कम नमूनाको परीक्षण हुने गरेको छ ।

    पछिल्ला दिनमा अस्पतालमा गम्भीर अवस्थाका बिरामी बढ्दै जाँदा मृत्यु दर पनि बढ्दै गएको देखिएको छ । मङ्सिर १६ गतेयता एक हप्ताको अवधिमा प्रदेशका विभिन्न जिल्लाका कोभिड–१९ का शङ्कास्पद दुई हजार ३०६ जनाको नमूना सङ्कलन हुन सकेको छ । सो अवधिमा सक्रिय सङ्क्रमित ३३० जना थपिएका छन् भने चारजनाको मृत्यु भएको छ । सामाजिक विकास मन्त्रालयको तथ्याङ्क विश्लेषण गर्दा एक हप्तामा थप ४६४ मा सङ्क्रमण देखिँदा १३१ जना उपचार व्यवस्थापनपछि डिस्चार्ज भएका छन् । अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या ११ हजार ८१६ पुग्दा नौ हजार ६४८ जना उपचार व्यवस्थापनपछि डिस्चार्ज भएका छन् ।

    सङ्कलन भएका केही नमूनाको परीक्षण हुन बाँकी छ । सेती प्रादेशिक अस्पताल धनगढी, कोभिड–१९ उपचार विभागका प्रमुख डा. शेरबहादुर कमर कोरोना भाइरसको सङ्क्रमण हुने दरमा कमी नआएको बताउँछन् । “जाडो मौसममा भाइरल इम्फेक्सनको जोखिम बढी हुने गर्दा कोरोनाको जस्तो लक्षण देखिने निमोनिया, रुघाखोकीका बिरामी बढ्न सक्छन्”, उनले भने, “कोरोना भाइरसका जटिल अवस्थाका बिरामी भर्ना हुने दर बढ्दो छ ।”

    स्वास्थ्य निर्देशनालय दीपायलका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले कोरोनाको जस्तो लक्षण भएर पनि कतिपयले आफ्नो नमूना जाँच नगराइरहेको भन्ने जानकारी नभएको बताए । “हरेक पालिकामा व्यवस्था गरिएको सङ्कलन केन्द्रमा नमूना दिन सकिने व्यवस्था गरिएको छ”, जोशीले भने, , “नमूना नदिनेलाई कोरोना भाइरसको सङ्क्रमण भएको भए त्यसले समाजमा थप जटिलता निम्त्याउन सक्छ ।”

    लक्षण देखिएका र उनीहरुको सम्पर्कमा आएका व्यक्ति, अन्यत्र ठाउँवाट आएर क्वारेन्टिनमा बसेकाहरुको मात्र नमूना सङ्कलन गर्नुपर्ने पछिल्लो मापदण्ड बनेकाले पनि नमूना सङ्कलनमा कमी आएको हुन सक्ने बताइएको छ । सुदूरपश्चिम प्रदेशमा हालसम्म कोरोना सङ्क्रमित ४२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीमा २२, कञ्चनपुरमा छ, डडेलधुरा र बझाङमा तीन÷तीन, अछाम, बाजुरा, दार्चुलामा दुई÷दुई, डोटी र बैतडीमा एक÷एकजना छन् । सङ्क्रमित भई होम आइसोलेसनमै मृत्यु हुने कतिपयको तथ्याङ्क भने मन्त्रालयसँग छैन ।

    सेती प्रादेशिक अस्पताल धनगढीमा कोरोना सङ्क्रमणको जटिल अवस्थाका सातको सघन उपचार कक्ष ९आइसियु०मा र दुईजनाको भेन्टिलेटरमा उपचार व्यवस्थापन भइरहेको छ । कोरोना भाइरस सङ्क्रमणको समस्यासँगै सुदूरपश्चिम प्रदेशका विभिन्न अस्पतालमा सञ्चालनमा ल्याइएका पिसिआर मेसिनमार्फत कोरोनाको नमूना परीक्षण भइरहेको छ । तर मेसिन सञ्चालन गर्न आवश्यक सामग्रीको व्यवस्थापनमा ढिलाइ हुँदा कञ्चनपुरको महाकाली अस्पतालको यो मेसिन अझै सञ्चालनमा आउन सकेको छैन । दुई महिनाअघि सो अस्पतालमा पिसिआर मेसिनको व्यवस्थापन भएको थियो । कैलालीको सेती प्रादेशिक अस्पतालमा दुई र डडेलधुरा, डोटी, बैतडी, अछाम अस्पतालमा व्यवस्थापन गरिएका एक÷एक पिसिआर मेसिनबाट कोरोनाको नमूना परीक्षण भइरहेको छ । रासस

    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    शिवपुरी जंगलमा लागेको डढेलो निभाउन हेलिकप्टरबाट पानी बर्साइयो
    काँग्रेस पदाधिकारी बैठक शुरु, देउवा र पौडेल अनुपस्थित
    तोकिएको समयमै महाधिवेशन गर्न सबै लाग्नुपर्छः नेता सिंह
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      उकालो लाग्यो कोरोनाको ग्राफ, स्वास्थ्य मापदण्ड पालनामा उदासीनता

    • २.
      १५ तस्बिरमा हेर्नुहोस्, टुँडिखेलको घोडेजात्रा

    • ३.
      सुदूरपश्चिमका जिल्लाहरुमा खनाल–नेपाल समूहको समानान्तर कमिटी घोषणा

    • ४.
      शिवपुरी जंगलमा लागेको डढेलो निभाउन हेलिकप्टरबाट पानी बर्साइयो

    • ५.
      चौबिस घण्टामा थप ३ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि

    • ६.
      महाकाली–मेची जागरण अभियानः भरतपुरमा मोटरसाइकल र्‍याली

    • ७.
      काँग्रेस पदाधिकारी बैठक शुरु, देउवा र पौडेल अनुपस्थित

    • १.
      हत्या गरि फरार रहेका धादिङ खनियावासका घर्ती तामाङ पक्राउ

    • २.
      धर्मेन्द्र अर्थात् भर्सटाइल गायक

    • ३.
      भोलिबाट चिनियाँ खोप लगाउन सुरुः क-कसले पाउँछन् खोप ? कहाँ कहाँ छन् खोप केन्द्र ?

    • ४.
      सुदेश पराजुलीसहित अनेरास्ववियुका तीन नेता साधारण सदस्यसमेत नरहने गरि निष्कासित

    • ५.
      सोना आमात्यको ‘मेरो माया करोडमा’टिकटक प्रतियोगिता , बिजेतालाई ५० हजार र फोन

    • ६.
      सीसीएमसीको बैठकः कम्तिमा तीन साता शैक्षिक संस्था बन्द गर्न सरकारलाई सिफारिस

    • ७.
      तीन दलको बैठकअघि देउवाको आक्रामक अभिव्यक्तिः ‘ओलीले लात हानेपछि प्रचण्डलाई ठिक भएको छ’

    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    अनामनगर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.