८ मंसिर २०७९, बिहीबार । खोटाङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का रामकुमार राई ‘पासाङ’ निर्वाचित भएका छन् । नेकपा (एमाले)का विशाल भट्टराईलाई २ हजार ६६९ मतान्तरले पराजित गर्दै माओवादीका राई निर्वाचित भएका हुन् ।
माओवादीका राईले ३१ हजार ३५१ मत प्राप्त गरेर निर्वाचित भएका हुन् । यता एमालेका भट्टराईले २८ हजार ६८२ मत प्राप्त गरे । त्यस्तै जनता समाजवादी पार्टीका कृष्णकुमार राईले एक हजार ९१४ प्राप्त गरेका छन् ।
यता राप्रपाका सर्जु श्रेष्ठले एक हजार ७१६, स्वतन्त्र उम्मेदवार जयन्द्रकुमार राईले २३९, आमूल परिवर्तन मसिहा पार्टीका चन्द्रमणि राईले २०४ मत, नेपाल मजदुर किसान पार्टीका भोजराज बस्नेतले १४० मत पाएका छन् ।