• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी

जेलमै बसेर रेशमले जिताइदिए बुवा र श्रीमतीलाई

  •  मेन समाचार संवाददाता
  • १० मंसिर २०७९, शनिबार ००:३४ प्रकाशित
    Advertisement
    Advertisement

    ९ मंसिर २०७९, शुक्रबार । यसपटकको निर्वाचनमा जबर्जस्त रूपमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी, रेशम चौधरी संरक्षकत्वको नागरिक उन्मुक्ति पार्टी र सीके राउतको जनमत पार्टी उदाए । पार्टी खोलेर चुनावमा गएको भए प्रभु साहको पार्टी पनि चर्चित हुन्थ्यो होला । तर, स्वतन्त्र उम्मेदवारी दिएर प्रभु साहले आफूलाई मधेस प्रदेशमा जबर्जस्त स्थापित गरेका छन् ।

    रविको पार्टीले ६ महिनामै प्रत्यक्षतर्फ सातवटा सिट मात्र जितेको छैन, समानुपातिकमा १५ सिट ल्याउने देखिएको छ । त्यस्तै, रञ्जिता श्रेष्ठ (रेशम चौधरीकी पत्नी) अध्यक्ष भएको नागरिक उन्मुक्ति पार्टीले कैलालीमा तीनवटा र बर्दियामा एक स्वतन्त्र गरी चारवटा सिट जितेको छ । सीके राउतको जनमतले संघमा सप्तरी २ मा मात्रै जिते पनि सो पार्टीबाट हालसम्म तीनजना प्रदेशसभा सदस्य निर्वाचित भइसकेका छन् ।

    यहाँ चर्चा गर्न खोजिएको रेशम चौधरीको विषयमा हो । उनी हाल डिल्लीबजार कारागारमा आजीवन कारावासको सजाय भुक्तान गरिरहेका छन् । २०७२ मा कैलालीको टीकापुर हत्याकाण्डको मुख्य अभियुक्तका रूपमा चौधरीलाई दोषी ठहर गरी सर्वोच्च अदालतले आजीवन कारावास सजाय सुनाएको हो । टीकापुर हत्याकाण्डमा एक बालकसहित आठजना सुरक्षाकर्मी मारिएका थिए ।

    अघिल्लो निर्वाचनमा उनी हिरासतमै रहेका बेला वारेसनामामार्फत उम्मेदवारी दर्ता गराएर कैलाली १ बाट विजयी भएका थिए । तर, उनी एक दिन पनि प्रतिनिधिसभामा प्रवेश गर्न पाएनन् । हिरासतमै रहेका बेला उनलाई सिंहदरबारमा बोलाएर सांसदको सपथ खुवाइयो । त्यसपछि उनी कारागारमै छन् ।

    आफू कारागारमै रहेका बेला उनले श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी गठन गर्न लगाए । सो पार्टीले गत स्थानीय तहको निर्वाचनका बेला कैलालीमा चारवटा स्थानीय तह जितेर ठूलो बनेको थियो । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा त नागरिक उन्मुक्तिले उल्लेख्य सफलता हासिल गरेको छ । कारागारमै बसेर रेशम चौधरीले चुनावको मास्टर प्लान बनाएका थिए । सोहीअनुसार उनको पार्टीले सफलता पनि पाएको छ ।

    सो पार्टीले कैलाली १, २ र ३ मा प्रतिनिधिसभा सदस्य तथा चारजना प्रदेशसभा र बर्दियामा रेशम चौधरीका बाबु लालवीर चौधरीले स्वतन्त्र उम्मेदवारी दिन लगाएर जिताएका छन् । बर्दिया, कैलाली र कञ्चनपुर थारु बाहुल क्षेत्र हो । यो निर्वाचनले उन्मुक्ति पार्टीलाई स्थापित गरिएको छ ।

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    प्रेस चौतारी स्थापना दिवसमा संस्थापक अध्यक्ष एबं पुर्वअध्यक्ष सम्मानित
    सन्दीप लामिछाने र क्यानलाई बहिष्कार गर्न माग गर्दै माइतीघरमा प्रदर्शन
    पुर्व सेनापति कटुवाल मगलवार देखी आइसियुमा, स्वास्थ्य सुधारन्मोख
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      आज देखी पेट्रोल र डिजलमा ३ रुपैयाँ बृद्धी

    • २.
      आजको मौसमः प्रदेश १ सहित ४ प्रदेशमा हिउँ पर्ने

    • ३.
      पाथिभरा माताले सबैको कल्याण गरुँन्, हेर्नुस् यस्तो छ तपाइँको आजको दैनिक राशिफल

    • ४.
      सन्दीप लामिछानेलाई भेटे पाकिस्तानी क्रिकेटर रिजवानले

    • ५.
      सासू कुट्ने दुई बुहारीलाई तीन महिना कैद

    • ६.
      राष्ट्रियसभाको उपाध्यक्षमा निर्वाचित उर्मिला अर्याल काे हुन् ?

    • ७.
      बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    • १.
      क्यानडा अध्ययनका लागि जान चाहने विद्यार्थीका लागि ‘ज्ञान’को ‘वेभिनार’

    • २.
      लिबियाको तटबाट ३३१ आप्रवासीको उद्धारः आईओएम

    • ३.
      क्यान बैठक : अध्यक्ष चन्दसहित ५ जनाको राजीनामा माग्दै बहिस्कार

    • ४.
      न‍ेपाल प्रहरीका ९५ एसपीको सरुवा, को कहाँ पुगे ?

    • ५.
      पाथिभरा माताले सबैको कल्याण गरुँन्, हेर्नुस् यस्तो छ तपाइँको आजको दैनिक राशिफल

    • ६.
      हिलो ‘इण्डियन आइडल’ अभिजितदेखि पछिल्लो संस्करणका विजेता पवनदिपसम्म कोही सक्रिय, कोही गुमनाम

    • ७.
      राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीका लागि पर्यो निवेदन

    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor : Rem BK

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.