काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का संघीय अध्यक्ष तथा पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता बिरोधीलाई ५ चुनौती दिएका छन् । बुधबार सामाजिक संजालमार्फत डा. भट्टराईले बुँदागत रुपमा उल्लेख गर्दै नयाँ व्यवस्थाको विरोध गर्नेले पुरानै प्रवृत्तीलाई निरन्तरता दिनुपर्ने बताएका छन् ।
यस्तो छ डा. भट्टराईको चुनौती
गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता लाई विदेशी एजेण्डा भन्नेहरुलाई सुझावः
१. विज्ञान, प्रविधि र विदेशी भाषा नपढ, गूरुकुल मात्र जाउ ।
२. अस्पताल नजाउ, धामीझाँक्रि लगाउ ।
३. गाडी नचढ, पैदल मात्र हिँड ।
४. विदेशी मेसिनले सिएको लुगा नलगाउ, लंगौटी लगाएर हिँड ।
५. फोन, इन्टरनेट, टिभी प्रयोग नगर । नत्र बकवास नगर !
गणतन्त्र/संघीयता/धर्मनिरपेक्षता इ. ळाई ‘विदेशी एजेण्डा’भन्नेहरूलाई सुझाव:१.विज्ञान/प्रविधि/विदेशी भाषा नपढ;गुरूकुल मात्र जाऊ;२.अस्पताल नजाऊ,धामीझांक्री लगाऊ;३.गाडी नचढ,पैदल मात्र हिंड;४ विदेशी/मशिनले सिएका लुगा नलाऊ,लगौंटी लगाएर हिंड;५.फोन/इन्टरनेट/टीभी प्रयोग नगर!नत्र वकवास नगर!
— Baburam Bhattarai (@brb1954) December 9, 2020