• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

पत्रकार महासंघ मकवानपुरले पत्रकारलाई मासिक ४ हजार पेन्सन दिने

  •  मेन समाचार संवाददाता
  • २५ मंसिर २०७७, बिहीबार ११:२० प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    प्रतिकात्मक तस्वीर

    हेटौँडा । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले २० वर्षसम्म पत्रकारितालाई मुख्य पेशा बनाई ६० वर्ष उमेर पुगेका ज्येष्ठ पत्रकारका लागि मासिकचार हजारका दरले पेन्सन दिने भएको छ।

    सो कार्यक्रम देशभरिका महासङ्घका शाखामध्ये मकवानपुर शाखामा आबद्ध पत्रकारलाई लागू हुने गरी सबैभन्दा पहिलोपटक गर्न लागिएको बताइएको छ।

    पत्रकार महासङ्घ मकवानपुर शाखाका अनुसार कार्यसमिति बैठकबाट ज्येष्ठ पत्रकार पेन्सनसम्बन्धी कार्यविधि, २०७७ पास गर्दै प्रतिपत्रकार मासिक रु चार हजारको दरले पेन्सन दिनका लागि थप प्रक्रिया कार्य अघि बढाइएको हो।

    पेन्सन दिनका लागि यसअगावै हेटौँडा उपमहानगरपालिकाले कोषमा रु १० लाख उपलब्ध गराइसकको छ। उक्त रकम पत्रकार महासङ्घ मकवानपुर शाखाले वाणिज्य बैंकमा यसअघिनै खोलिएको खातामा जम्मा गरिएको छ।

    यही बैंकमा यसअघि मुद्दति खातामा रहेको रु दुई लाखसमेत पेन्सन कोषमा जम्मा गर्ने र उपमहानगरपालिकाले कोषका लागि दिएको रु १० लाखको ब्याज रकमबाट पेन्सन दिन लागिएको पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष हरि हुमागाईंले बताए।

    पेन्सनसम्बन्धी कार्यविधिलाई महासङ्घको यही मङ्सिर २६ गतेको साधारणसभाले पारित गर्नेछ।

    महासङ्घ मकवानपुर शाखामा आबद्ध सदस्यमध्ये ज्येष्ठ सदस्यको वृत्तिविकास गर्नका लागि पेन्सन दिन लागिएको हो। लगातार कम्तीमा २० वर्ष मुख्य पेशा पत्रकारिता गरेर सक्रिय पत्रकारिता छोडी विश्राम लिइसकेपछि प्राप्त निवेदनका आधारमा पेन्सन रकम दिन लागिएको हो।

    राज्यबाट उपलब्ध हुने अन्य कुनै सामाजिक सुरक्षा भत्ता वा नेपाल सरकार, प्रदेश सरकार, वा स्थानीय तहबाट कुनै पनि सङ्घ संस्था, गैरसरकारी संस्थाबाट सेवा सुविधा प्राप्त हुने पदमा बहाल रहेको भए मासिक पेन्सन उपलब्ध नगराइने अध्यक्ष हुमागाईंले बताए।

    ज्येष्ठ पत्रकार मासिक पेन्सन प्रदान गर्ने प्रयोजनका लागि पेन्सन प्राप्त गर्नेको निवेदन र कागजपत्रका आधारमा सिफारिस गरिने छ। सिफारिसका लागि पत्रकार महासङ्घ मकवानपुरको निवर्तमान अध्यक्ष संयोजक, पत्रकार महासङ्घ मकवानपुर शाखाको पूर्वअध्यक्षहरु मध्येबाट एक जना सदस्य र पत्रकार महासङ्घ मकवानपुरको वर्तमान अध्यक्ष सदस्य सचिव रहने कार्यविधिमा व्यवस्था गरिएको छ।

    मासिक पेन्सन प्राप्त गरिरहेका ज्येष्ठ पत्रकारले अन्य सामाजिक सुरक्षा भत्ता वा सार्वजनिक पदको सुविधा प्राप्त गरेमा वा मृत्यु भएमा मासिक लगत कट्टा गर्ने प्रयोजनका लागि सोको जानकारी एकाघरको सदस्यले महासङ्घ मकवानपुर शाखालाई जानकारी दिनुपर्ने नियम बनाइएको छ।

    मासिक पेन्सन वृत्ति प्राप्त गरिरहेका ज्येष्ठ पत्रकारको मृत्यु वा दोहोरो सुविधा प्राप्त भएको भन्ने उजुरी वा महासङ्घको जानकारीमा आएमा लगत कट्टा गरिने महासङ्घ मकवानपुरका सचिव गणेश दर्पण अधिकारीले बताए।

    पेन्सन प्राप्त गर्नका लागि पत्रकार महासङ्घ मकवानपुर शाखाको सदस्य भएको हुनुपर्ने, ६० वर्ष उमेर पूरा भएको हुनुपर्ने, निरन्तर २० वर्ष पत्रकारितालाई मुख्य पेसा बनाएर सञ्चार क्षेत्रमा कार्य गरेको हुनुपर्ने, कुनै पनि सरकारी संस्था, गैरसरकारी र कम्पनीमा काम गरेर नियमित सरकारी पेन्सन रकम नलिएको र उक्त संस्थाबाट उमेर हदका कारण उपदान रकम नलिएको हुनुपर्ने र ६० वर्ष उमेरपछि सक्रिय पत्रकारिता छोडेर विश्राम लिएको हुनुपर्ने उनले बताए।

    पेन्सन कोषको सञ्चालन महासङ्घ मकवानपुर शाखाले विभिन्न सरकारी वा अर्धसरकारी संस्था, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ संस्था, विभिन्न व्यक्ति सङ्घ, सस्था, उद्योग प्रतिष्ठानबाट प्राप्त रकम कोषमा राखिने छ।

    नेपाल पत्रकार महासङ्घ मकवानुर शाखामा हाल १०३ जना साधारण सदस्य छन् भने यस वर्ष ६० जनालाई नयाँ सदस्यता वितरणका लागि लागि प्रदेश महासङ्घमा सिफारिस गरिएको शाखाले जनाएको छ। रासस

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    कञ्चनपुरमा प्रहरी र भारतीय तस्करबीच भिडन्त, एक भारतीयको मृत्यु
    हत्याको २० दिनपछि अपराधी सार्वजनिक
    कम्युनिस्ट इतरको सरकार बनाउने प्रचण्ड–माधव समूहको प्रयास निरर्थक हुन्छः अर्थमन्त्री पौडेल
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      विप्लव नेकपामाथिको प्रतिवन्ध फुकुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

    • २.
      कञ्चनपुरमा प्रहरी र भारतीय तस्करबीच भिडन्त, एक भारतीयको मृत्यु

    • ३.
      हत्याको २० दिनपछि अपराधी सार्वजनिक

    • ४.
      कम्युनिस्ट इतरको सरकार बनाउने प्रचण्ड–माधव समूहको प्रयास निरर्थक हुन्छः अर्थमन्त्री पौडेल

    • ५.
      काँग्रेसले नेकपाको प्रचण्ड–नेपाल समूहलाई सहयोग गर्न सक्छः वरिष्ठ नेता पौडेल

    • ६.
      स्वीडेनमा शंकास्पद आतङ्कवादी आक्रमण, सात घाइते

    • ७.
      बम राखिएको हल्लापछि बिहीबार ताजमहल बन्द

    • १.
      विप्लव समूहले शान्तिपूर्ण राजनीति गर्ने,भोली विप्लव र प्रधानमन्त्रीले एउटै मञ्चबाट सम्बोधन गर्ने

    • २.
      लेटमिइन मिसेस ब्यूटी क्वीनको ताज रश्मिलाई

    • ३.
      सांगीतिक रियालिटी शो ‘द ब्याण्ड च्याम्पियन नेपाल’को घोषणा

    • ४.
      वायूसेवा निगमभित्र यौनकाण्ड, उच्च तहको कर्मचारीको दवाबमा मिलापत्र !

    • ५.
      भूमिगत राजनीतिको दुई बर्षपछि सार्वजनिक हुँदै नेत्रविक्रम चन्द ‘विप्लव’

    • ६.
      फेवातालको तोकियो चार किल्ला : नयाँ क्षेत्रफल ५.७३ वर्गकिमी

    • ७.
      पोखरा प्रज्ञा प्रतिष्ठानका नवनियुक्त कुलपतिसहित सदस्यहरुले लिए सपथ

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.