• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको पुरुष र महिला टोली घोषणा

  •  मेन समाचार संवाददाता
  • २५ मंसिर २०७७, बिहीबार ११:५८ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement

    काठमाडौँ । प्रधानमन्त्री कप (पीएम) राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि बैतडीको सिनियर पुरुष तथा महिला टोलीको घोषणा गरिएको छ । बैतडी जिल्ला क्रिकेट सङ्घले प्रधानमन्त्री कपमा सहभागी हुने पुरुष तथा महिला खेलाडीको नाम सार्वजनिक गरेको हो ।

    बैतडी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष लालबहादुर चन्दका अनुसार राम चन्दको कप्तानीमा पुरुषको टोली तथा रितुु कनौजियाको कप्तानीमा महिला टोलीको घोषणा गरिएको छ । यसैगरी छनोट भएका पुरुष खेलाडीमा खडकबहादुर बोहरा, गजेन्द्र बोहरा, दीपक बोहरा, दीपेन्द्र ऐरी, वीरेन्द्र नाथ, प्रदीप चन्द, डम्बर बुडाल, केशव साउद, जगदीश चन्द, प्रकाश नाथ, जीतेन्द्र रावल, गणेश थापा, सुनिल चन्द र प्रकाश चन्द रहेका छन् । पुरुष टोलीतर्फ वैकल्पिक खेलाडीमा भूपेन्द्र चन्द, वीरेन्द्र विष्ट र दीपेन्द्र भण्डारी रहेका छन् ।

    छनोट गरिएका महिला खेलाडीमा मञ्जु बोकटी, आरती बोहरा, निर्मला बोहरा, बबिता बोहरा, अनिता नाथ, निर्मला भण्डारी, दिव्या कार्की, पूजा कार्की, मीना रावत, निशा भट्ट, भावना जोशी, सुनिता लोहार र दमयन्ती ओड रहेका छन् । यस्तै महिलाको वैकल्पिक खेलाडीमा रेनु पेला, तुलसी जोशी, मानवी विक र निर्मला रावल रहेका छन् । पुरुष टोलीको प्रशिक्षकमा शेरसिंह खत्री र महिला टोलीको प्रशिक्षकमा दीपेन्द्र बोहरालाई तोकिएको छ ।

    नेपाल क्रिकेट सङ्घ (क्यान)ले मङ्सिर २१ गतेसम्म जिल्ला छनोट गर्न निर्देशन दिएको थियो । बैतडी सदरमुकामस्थित दशरथचन्द नगरपालिकामा मङ्सिर २२ गतेसम्म लकडाउन गरिएकाले छनोट खेल गर्न नसकिएको र गत वर्षको जिल्लास्तरीय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई प्राथमिकतामा राखेर छनोट गरिएको बैतडी जिल्ला क्रिकेट सङ्घका सचिव शेरसिंह खत्रीले जानकारी दिए ।

    छनोट भएको पुरुष टोलीले यही मङ्सिर २७ गतेदेखि कञ्चनपुरमा हुने प्रदेशस्तरीय छनोट प्रतियोगिता खेल्नेछ भने छनोट भएको महिला टोलीले आगामी पुस ४ गतेदेखि कैलालीमा हुने प्रदेशस्तरीय छनोट प्रतियोगिता खेल्नेछ । उक्त प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट प्रधानमन्त्री कपका लागि सुदूरपश्चिम प्रदेशको टोली छनोट हुने जनाइएको छ ।

    क्यानले आगामी पुस ११ गतेदेखि प्रधानमन्त्री कप आयोजना गर्दैछ । महिलाको दाङमा र पुरुषको काठमाडौँमा खेल सञ्चालन हुनेछन् । प्रतियोगितामा सात प्रदेशका र तीन विभागीय गरी १० टोलीको सहभागिता रहने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । रासस

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज र आईसीसीका प्रतिनिधिबीच भेटवार्ता
    अन्तिम खेलमा अष्ट्रेलियाको जित
    अनिल भन्छन्- बरु लिग जित्न सजिलो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      विद्यालयको हकभोगमा रहेको जमिन निजी बनाएर बिक्री

    • २.
      पाँच दिन हिरासतमा राख्न अनुमति दिलमाया सुनारको मृत्यु प्रकरणमा पक्राउ परेका श्रेष्ठलाई

    • ३.
      आज नेपाल स्टक एक्सचेञ्जमा दोहोरो अंकको गिरावट

    • ४.
      १५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

    • ५.
      नवनियुक्त मन्त्रीहरुद्वारा शपथ

    • ६.
      विष्णु पौडेलको कार्यकतालाई आग्रह: नेताहरू जिल्लामा आउँदा विमानस्थलमा खादा, माला र गाडीको लावालस्कर नलैजानुस्

    • ७.
      ८ किलो गाँजासहित तीन जना पक्राउ

    • १.
      प्रहरी फन्दामा सेवाग्राहीमाथि अभद्र व्यवहार गर्ने नायब सुब्बा

    • २.
      ज्योतिराज राईको अध्यक्षतामा नयाँ समिति गठन

    • ३.
      भोलिदेखि ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोभिडविरुद्धको खोप

    • ४.
      दुबई राजपरिवारका सदस्यले गरे पोखराको भ्रमण, गरे प्रशंसा

    • ५.
      ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ का सात व्यवस्थाः प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीदेखि भ्रातृसंगठन र कार्यकर्तारहितसम्म

    • ६.
      हुम्ला जिल्ला समन्वय समितिको प्रमुखमा शर्मा निर्विरोध निर्वाचित

    • ७.
      बलात्कार गरी नगद र गहना लुटपाट गरी फरार भएका युवा पक्राउ

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.