काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कमानसिंह लामाको निधन प्रति दुख व्यक्ति गरेका छन् । बिहीबार एक विज्ञप्ती जारि गर्दै अध्यक्ष प्रचण्डले कमानसिंह लामाको कम्यनिस्ट आन्दोलनमा क्षति पुगेको बताएका छन् ।
पार्टीका केन्द्रीय सदस्य तथा पूर्वराजदूत समेत रहेका लामाको निधनप्रति दुःख व्यक्त गर्दै अध्यक्ष दाहालले निधनले नेकपाले जुझारु एवं बौद्धक व्यक्तित्व गुमाएको उल्लेख गरेका छन् ।
शोक सन्देशमा अध्यक्ष दाहालले नेपाली कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका लामा हक्की र निडर तथा जातीय पहिचान र आत्मनिर्णयको अधिकारको आन्दोलनमा अग्रमोर्चामा रहनुभएको स्मरण गरेका छन् । अध्यक्ष दाहालले भनेका छन्, “जुझारु, बौद्धिक व्यक्तित्वका धनी कमरेड लामाको निधनले संविधानको पूर्ण कार्यान्वयन र जनताको अधिकार स्थापित गर्न उहाँको अभावको महसुस गरेको छु ।”
अध्यक्ष दाहालले दिवङ्गत नेता लामाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनमा समवेदनासमेत व्यक्त गरेका छन् ।
कोरोना भाइरसको सङ्क्रमणबाट त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आज बिहान नेता लामाको निधन भएको थियो
विसं २००८ फागुन ९ गते पिता चन्द्रसिं र आमा मिश्रीमायाका कोखबाट जन्मिएका लामा विसं २०३३ मा निर्मल लामा नेतृत्वको नेकपा (चौम)बाट कम्युनिष्ट पार्टीको सदस्य बनेका थिए। लामा विसं २०३५ मा गठित अखिल नेपाल युवा सङ्घका केन्द्रीय संस्थापक सदस्य भएका थिए । विसं २०६३ मा पुनःस्थापित व्यवस्थापिका–संसद्को सदस्य बनेका उनले दक्षिण कोरियाका राजदूतसमेत रहेर आफ्नो भूमिका निर्वाह गरेका थिए । दिवङ्गत लामाका श्रीमती, एक छोरा र चार छोरी छन् । रासस