कास्की । कोरोना संक्रमणबाट पोखरामा थप ४ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बुधबार र बिहीबार उपचारको क्रममा चार जना कोरोना संक्रमितको निधन भएको हो ।
मृत्यु हुनेहरुमा पोखराका ३ जना र तनहुँका एक जना रहेका छन् । पोखरा महानगरपालिका–१० का ८१ बर्षीय पुरुषको बिहीबार बिहान ३ बजे उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको बताइएको छ । उनको बिहीबार बिहान ३ बजे मृत्यु भएको हो । त्यस्तै पोखरा महानगरपालिका–१३ का ५१ बर्षीय पुरुष र वडा नम्बर ७ का ६५ बर्षीय पुरुषको फिस्टेल अस्पतालमा मृत्यु भएको हो ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८० पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।