• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement

सत्ता गठबन्धनमा जसपा फेरि सामेल हुन लागेको हो ?

  •  मेन समाचार संवाददाता
  • १९ मंसिर २०७९, सोमबार १४:०४ प्रकाशित
    Advertisement

    १९ मंसिर २०७९, सोमबार । आम निर्वाचनको मुखैमा कांग्रेस नेतृत्वको सत्ता गठबन्धन छाडेर एमालेसँग तालमेल गरेको जनता समाजवादी पार्टी (जसपा) अब कता लाग्छ भन्ने आम चासोको विषय बनेको छ । आइतबार जसपा अध्यक्ष उपेन्द्र यादवले एमालेसँगको तालमेल निर्वाचनसम्मका लागि मात्र रहेकाले सहकार्य सकिएको बताएसँगै जसपा अब कता लाग्छ ? भन्ने धेरैकाे चासाेकाे विषय बनेकाे हाे ।

    उनले निर्वाचनपछि आफ्नो पार्टी नयाँ ढंगले अघि बढ्ने बताएका छन् ।  ‘एमालेसँग तत्काल केही सिटमा तालमेल गरेका हौं । कुनै मोर्चाबन्दी र गठबन्धन थिएन । चुनावमा हामीले केही सिट र एमालेले केही सिट छोडेको तर त्यो चुनावसँगै सकियो,’ उनले भनेका थिए, ‘अब नयाँ धरातलमा नयाँ ढंगले सबैले आ-आफ्ना ठाउँमा कसरी जाने तय गर्ने अवसर पाएको छ ।’

    अध्यक्ष यादवको पछिल्लो अभिव्यक्तिसँगै जसपाको आगामी बाटो कता ? भन्ने प्रश्न तेर्सिएको छ । जसपा अब सत्ता गठबन्धनमा फेरि सामेल हुन लागेको हो ? भन्ने न्युज कारखानाको प्रश्नमा जसपा प्रवक्ता मनिष सुमनले सबैतिर सम्भावनाको ढोका खुला रहेको बताए । एमालेसँग चुनावी तालमेल सकिए पनि सरकारमा सहभागी हुनेबारे एमाले वा कांग्रेस जोसँग पनि मुद्दाका आधारमा सहकार्य गर्न सकिने प्रवक्ता सुमनकाे भनाइ छ ।

    उनले भने, ‘एमालेसँग मात्र चुनावी तालमेल थियो, त्यो टुंगियो । सरकारमा सहभागी हुनेबारे जसले नागरिकता विधेयक लगायतमा हामीले उठाइरहेका मुद्दालाई पूरा गर्ने सहमति गर्छन्, जोसँग पनि सहकार्यको बाटो खुला छ । त्यो एमाले पनि हुन सक्छ वा कांग्रेस पनि ।’

    यद्यपि, यस पटक जनताले पार्टीले प्रतिपक्षमा बस्नुपर्ने खालको अभिमत दिएकाले सरकार बाहिर बस्न पनि तयार रहेको उनले उल्लेख गरे । प्रतिनिधिसभातर्फ जसपाले यस पटकको निर्वाचनमा प्रत्यक्षतर्फ सात सिटमा जित हासिल गरेको छ । भने, समानुपातिकतर्फ ४ लाख २० हजार ९४६ मत ल्याएको छ ।

    धेरै सिट पाउन एमालेसँग तालमेल गरेका जसपा अध्यक्ष यादव भने सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सिके)सँग भारी मतान्तरले पराजित भए । तालमेल गर्दा पनि सर्मनाक हार व्यहारेपछि अध्यक्ष यादव एमालेसँग नाता तोड्न लागेको कतिपयको आकलन छ।

    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    समाजवादको आधार तयार पार्ने मुख्य जिम्मेवारी स्थानीय तहकै हो : प्रचण्ड (पूर्णपाठसहित)
    द्वन्द्व पीडित सुरक्षाकर्मी परिवारले गराए सभामुखको ध्यानाकर्षण
    सत्ता गठबन्धनले टुंग्याउन सकेन भागबन्डा
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      समाजवादको आधार तयार पार्ने मुख्य जिम्मेवारी स्थानीय तहकै हो : प्रचण्ड (पूर्णपाठसहित)

    • २.
      गणतन्त्रमा राजावादी हुने छुट नागरिकलाई छैन ? – लिङ्देन

    • ३.
      मिटरब्याजी पीडितको न्यायका लागि रुलिङको माग

    • ४.
      सरकारले संसदमा गरिमा घटायो: रघुजी पन्त

    • ५.
      द्वन्द्व पीडित सुरक्षाकर्मी परिवारले गराए सभामुखको ध्यानाकर्षण

    • ६.
      वान टु वान छलफलमा प्रचण्ड माधव

    • ७.
      चोर बाटोबाट संसद् छिर्न तीन महिना नपुग्दै बारा–२ मा उपनिर्वाचनको षड्यन्त्र रचियो : सिके राउत

    • १.
      बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक पाए विश्वासको मत

    • २.
      गण्डकीमा ढल्यो एमाले नेतृत्वको सरकार, माओवादीका दुई मन्त्रीले दिए राजीनामा

    • ३.
      साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालको पहिलो जित

    • ४.
      यात्रु अभावले उडान बन्द

    • ५.
      यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर

    • ६.
      गठबन्धन दलका कारण तनावमा प्रधानमन्त्री दाहाल !

    • ७.
      अस्ट्रेलिया ओडीआई वरीयताको शीर्ष स्थानमा

    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor : Rem BK

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.