• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement

पार्टीबाट असन्तुष्टसहित यी ५ जना स्वतन्त्रबाट निर्वाचित

  •  मेन समाचार संवाददाता
  • १९ मंसिर २०७९, सोमबार १४:२३ प्रकाशित
    Advertisement

    १९ मंसिर २०७९, सोमबार । प्रतिनिधिसभाको प्रत्यक्षतर्फको सबै मतपरिणाम आइसकेको छ । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको सोमबार सबै नतिजा आएको छ ।

    १६५ सिटका लागि भएको निर्वाचनमा सबैभन्दा बढी कांग्रेसले ५७ सिट जितेको छ । साथै एमालेले ४४, माओवादी केन्द्रले १८, एकीकृत समाजवादीले १०, राष्ट्रिय स्वतन्त्र पार्टीले ७, राप्रपाले ७, जसपाले ७, लोसपाले ४, नागरिक उन्मुक्ति पार्टीले ३, जनतम पार्टीले १, राष्ट्रिय जनमोर्चाले १ र नेमकिपाले १ सिट जितेको छ ।

    बाँकी ५ सिटमा पार्टीबाट निकट नपाएका, विद्रोह गरेका र प्रक्रियामा नमिलेर स्वतन्त्र उम्मेदवारी दिएका व्यक्ति निर्वाचित भएका छन् ।

    मोरङ ५ मा योगेन्द्र मण्डल, सर्लाही ४ मा अमरेशकुमार सिंह, रौतहट २ मा किरण साह, रौतहट ३ मा प्रभु साह र बर्दिया २ मा रेशम चौधरीका बुवा लालवीर चौधरी विजयी भएका छन् ।

    मोरङ ५ बाट एमालेका बागी उम्मेदवार बनेका मण्डलले माओवादी केन्द्रका शिवकुमार मण्डललाई पराजित गरेका हुन् । एमालेले टिकट नदिएपछि उनी बागी उम्मेदवार बनेका थिए ।

    सर्लाही ४ मा पनि कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका अमरेशकुमार सिंह निर्वाचित भएका हुन् । २०७४ सालमा पनि उनी निर्वाचित भएका थिए । तर, यसपटक पार्टीले टिकट नदिएपछि उनी स्वतन्त्र रुपमा उठेका थिए ।

    यसैगरी रौहतट २ र ३ पनि एमालेसँग असन्तुष्ट समूहका नेता विजयी भए । एमालेसँग असन्तुष्ट भई रौतहट ३ मा प्रभु साहले उम्मेदवारी दिएका थिए । उनी निर्वाचित भए । उनकै समूहबाट रौहतट २ पनि स्वतन्त्र उम्मेदवारी दिएका किरण शाह निर्वाचित भए ।

    उता बर्दिया २ मा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बन्न नपाएपछि रेशम चौधरीका बुबाले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनी पनि निर्वाचित भए ।

    नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका रेशम चौधरीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएपछि उनका बुवा स्वतन्त्र रुपमा उठेका थिए । उनलाई नागरिक उन्मुक्ति पार्टीको समर्थन थियो ।

    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    जसपाबा‌ट अशोक राई शिक्षा मन्त्री
    ‘कतिपय मानिसहरू डिग्री हासिल गरेर पनि अल्प ज्ञानी जस्तै छन्’- कांग्रेस नेता महर
    देउवाको निर्णयले कांग्रेसमा किचलो, शेखर समूहले माग्यो ३ मन्त्रालय
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      Ashley Madison Review: Pros, Main Features And Cons Behind This Dating Website

    • २.
      The Strategies Is Dependant On Trying Lesbian Relationships Big Lesbian Dating Site

    • ३.
      इलाम कारागारबाट थुनुवा फरार

    • ४.
      पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम

    • ५.
      11 Simple Ways To Know If Your Boyfriend Is On Dating Sites

    • ६.
      जसपाबा‌ट अशोक राई शिक्षा मन्त्री

    • ७.
      माल्टा पठाउने नाममा ठगी

    • १.
      गण्डकीमा ढल्यो एमाले नेतृत्वको सरकार, माओवादीका दुई मन्त्रीले दिए राजीनामा

    • २.
      बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक पाए विश्वासको मत

    • ३.
      रजनीकान्तको ‘बाबा’ले टुंग्याएको मनिषा कोइरालाको साउथ करियर

    • ४.
      यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर

    • ५.
      गठबन्धन दलका कारण तनावमा प्रधानमन्त्री दाहाल !

    • ६.
      दाङमा छोरा र श्रीमतीको कुटाइबाट श्रीमान्‌को मृत्यु

    • ७.
      थिएटरको भिजिबिलिटी राम्रो हुनुपर्छ

    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor : Rem BK

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.