• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement

वर्तमान सत्ता गठबन्धनकै नेतृत्वमा नयाँ सरकार बन्नुपर्छ : कांग्रेस नेता विष्ट

  •  मेन समाचार संवाददाता
  • २० मंसिर २०७९, मंगलवार ००:०५ प्रकाशित
    Advertisement

    १९ मंसिर २०७९, सोमबार । नेपाली कांग्रेसका नेता आनन्द विष्टले वर्तमान सत्ता गठबन्धनकै नेतृत्वमा नयाँ सरकार गठन हुनुपर्ने बताएका छन् ।

    नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष एवं कांग्रेस पूर्वकेन्द्रीय सदस्य विष्टले आज स्याङ्जामा आयोजित कार्यक्रममा बोल्दै संविधानको सफल कार्यान्वयन र मुलुकको समृद्धिका लागि वर्तमान गठबन्धनकै नेतृत्वमा सरकार बन्नु पर्ने बताएका हुन् ।

    ‘मलाई पार्टीले विशेष प्रतिनिधिको रूपमा डोटी खटाएको थियो । नौ पालिका रहेको डोटीमा स्थानीय तहमा सात पालिका प्रमुख र आठ पालिका उपप्रमुख कांग्रेसले जितेको थियो । हामी बलियो हुँदाहुँदै पनि गठबन्धनका उम्मेदवारलाई विजयी गराउन रातदिन खट्यौं । कांग्रेसले गठबन्धनमा इमानदारिता देखाएको छ । असल राजनीतिक संस्कार प्रस्तुत गरेको छ । त्यसैले अबको सरकार पनि कांग्रेसको नेतृत्वमा वर्तमान सत्ता गठबन्धन दलकै सहकार्यमा हुनुपर्छ,’ विष्टले भने ।

    यसअघि जनताले बहुमत दिएर एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बाम गठबन्धन बने पनि त्यसले मुलुकको समृद्धि र स्थायित्वमा काम गर्न नसकेको उनको आरोप छ । ‘जनताले बाम गठबन्धनलाई बहुमत दिएकै हुन् । नत्र सरकार पाँच वर्ष टिक्न सक्यो । नत पार्टी एकता नै जोगिन सक्यो । फेल भइसकेको परीक्षणलाई फेरि प्रयोग गर्दा खोज्दा पुरानै नतिजा दोहोरिने निश्चित छ,’ उनले भने, ‘तर, कांग्रेसको नेतृत्वमा सरकार बन्दा संसद् जोगियो । मुलुकमा तीनै तहको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भयो । अब मुलुकलाई विकासको चरणमा लैजानुपर्छ । अब सत्ताको लागि राजनीतिको फोहोरी खेल खेल्नु हुँदैन ।’

    जनतामा राजनीतिक दलप्रति वितृष्णा पैदाहुन नदिन पनि एकताबद्ध भएर जानुको विकल्प नभएको उनी बताउँछन् । मुलुकमा राजनीतिक स्थिरता कायम गर्दै समृद्धिको मार्गमा जानु नै अहिले प्रथम आवश्यकता बताएको विष्टले बताए ।

    ‘अब युवाहरूले स्वदेशमै रोजगारीको प्रत्याभूति खोजिरहेका छन् । त्यसका लागि उद्योग धन्दा, कलकारखानाको विकास हुनुपर्छ । लगानी मैत्री वातावरण निर्माण गर्नुपर्छ । कृषिमा आधुनिकीकरण हुनुपर्छ । शिक्षा र स्वास्थ्य राज्यको प्राथमिकतामा पर्नुपर्छ । विद्युत् उत्पादनलाई प्राथमिकता राख्नुपर्छ । त्यसपछि मात्र हामीले जनताको मन जित्नुका साथै समृद्धि हासिल गर्न सक्ने छौं । यी सबै कुरा हुनका लागि राजनीतिक स्थायित्व आवश्यक छ । एकल बहुमत नरहेको अवस्थामा वर्तमान सत्ता गठबन्धन दलहरू एक भएर अघि बढेमात्रै त्यो सम्भव छ,’ विष्टले भने ।

    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    जसपाबा‌ट अशोक राई शिक्षा मन्त्री
    ‘कतिपय मानिसहरू डिग्री हासिल गरेर पनि अल्प ज्ञानी जस्तै छन्’- कांग्रेस नेता महर
    देउवाको निर्णयले कांग्रेसमा किचलो, शेखर समूहले माग्यो ३ मन्त्रालय
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम

    • २.
      11 Simple Ways To Know If Your Boyfriend Is On Dating Sites

    • ३.
      जसपाबा‌ट अशोक राई शिक्षा मन्त्री

    • ४.
      माल्टा पठाउने नाममा ठगी

    • ५.
      ‘कतिपय मानिसहरू डिग्री हासिल गरेर पनि अल्प ज्ञानी जस्तै छन्’- कांग्रेस नेता महर

    • ६.
      देउवाको निर्णयले कांग्रेसमा किचलो, शेखर समूहले माग्यो ३ मन्त्रालय

    • ७.
      तीन बजे नवनियुक्त मन्त्रीको शपथ

    • १.
      गण्डकीमा ढल्यो एमाले नेतृत्वको सरकार, माओवादीका दुई मन्त्रीले दिए राजीनामा

    • २.
      बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक पाए विश्वासको मत

    • ३.
      रजनीकान्तको ‘बाबा’ले टुंग्याएको मनिषा कोइरालाको साउथ करियर

    • ४.
      यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर

    • ५.
      गठबन्धन दलका कारण तनावमा प्रधानमन्त्री दाहाल !

    • ६.
      दाङमा छोरा र श्रीमतीको कुटाइबाट श्रीमान्‌को मृत्यु

    • ७.
      थिएटरको भिजिबिलिटी राम्रो हुनुपर्छ

    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor : Rem BK

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.