• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement

थापाले सिध्याएको राप्रपालाई लिङ्देनले एक वर्षमै दिए पुनर्जीवन

  •  मेन समाचार संवाददाता
  • २० मंसिर २०७९, मंगलवार ००:२४ प्रकाशित
    Advertisement

    १९ मंसिर २०७९, सोमबार । दोस्रो संविधानसभामा निर्णायक राजनीतिक शक्ति बनेको राप्रपा २०७४ सालको आमनिर्वाचनमा एक सांसदमा खुम्चिएको थियो । राप्रपाप्रति जनताको मात्र होइन कार्यकर्ताको समेत आकर्षण र भरोसा क्षयीकरण हुँदै गयो ।

    तत्कालीन अध्यक्ष कमल थापाको सत्ता र शक्ति मोहमा पार्टी नीति र उद्देश्य तथा जनताको भरोसा पिसिँदै जाँदा २०७४ सालको निर्वाचनमा राप्रपा राष्ट्रिय दलको मान्यता पाउन सकेन र एक मात्र सांसदमा खुम्चियो ।

    तर, अघिल्लो वर्ष १९ मंसिरमा भएको महाअधिवेशनले राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनलाई चु्न्यो र कमल थापालाई अस्वीकृत गर्‍यो । अध्यक्षमा पराजित भएपछि ‘पूर्वराजाको षड्यन्त्र’ भन्दै थापाले कार्यकर्ताको मतप्रति अपमान मात्र गरेनन् पार्टी नै परित्याग गरे । पार्टी विभाजन नगर्ने धार्मिक ग्रन्थ ‘गीता’ छोएर कसम खाएका थापा राप्रपा नेपालमा प्रवेश गरेर अध्यक्षको भूमिमा रहे ।

    उनको लोकप्रियता र जनताको भरोसा गत ४ मंसिरमा सम्पन्न निर्वाचनले देखाएको छ । आफू अध्यक्ष रहेको राप्रपा नेपालको हलो चुनाव चिह्न छाडेर एमालेको चुनाव चिह्न सूर्य लिएर प्रतिनिधिसभा सदस्यका लागि मकवानपुर १ मा चुनावी मैदानमा उत्रिँदासमेत थापा पराजित भए । आफ्नै पूर्वकार्यकर्ता राप्रपाका दीपकबहादुर सिंह २७ हजार ८१६ मतसहित विजयी हुँदा थापाले २५ हजार ४२० मतसहित तेस्रो स्थानमा रहेर पराजय व्यहोरे । सिंहको निकटतम प्रतिस्पर्धी कांग्रेसकी महालक्ष्मी उपाध्यक्ष डिनाले २५ हजार ४३४ मत ल्याएकी थिइन् । थापाले नेतृत्वको गरेको राप्रपा नेपालले आमनिर्वाचन २०७९मा एक सिट पनि जित्न सकेन ।

    तर, अघिल्लो वर्ष नेतृत्व परिवर्तन गरेको राप्रपाले यसपटक प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सात सिट जितेको छ भने समानुपातिकमा पनि सात सिट पाउने भएको छ । राजेन्द्र लिङ्देनप्रतिको आशा र भरोसा र नेतृत्व परिवर्तनले राप्रपाप्रति जनताको विश्वास बढेको राप्रपा तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठ बताउँछन् ।

    राप्रपा महाधिवेशनले आवश्यकताअनुसार नेतृत्व परिवर्तन गर्नुपर्ने र राजनीतिमा युवा आउन सक्ने वातावरण रहेको सन्देश दिएको उनले बताए । राप्रपा महाधिवेशनले युवा समूहमा राजनीतिप्रति आशा जगाएको मात्र होइन संलग्नताको वातावरण नै रहेको सन्देश दिएकाले नै अहिले नेपाली राजनीतिमा युवा प्रत्यक्ष भूमिका रहने गरी निर्वाचित भएका उनको भनाइ छ ।

    आफू अध्यक्षमा निर्वाचित भएपछि लिङ्देनले अग्रज नेतालाई सम्मान गर्दै युवाप्रति विश्वास राख्दै जनतामाझ ‘भ्रष्टाचार गर्नु आमाको रगत खानुसरह हुने’ बताउँदै आए । संसदमा पनि भ्रष्टाचारविरुद्ध निरन्तर आवाज उठाएका लिङ्देन अध्यक्ष रहेको राप्रपा अहिले राजनीतिमा निर्णायक शक्तिको रुपमा देखापरेको छ ।

    नेतृत्व सम्हालेको एक वर्षमै लिङ्देनले जनतामाझ गुमेको विश्वासलाई फिर्ता ल्याउन सके । पार्टीलाई सक्रिय र क्रियाशील बनाएका उनी यसबीचमा जनतामाझ आफैं उपस्थित भएर पार्टीको नीति तथा आगामी कार्यक्रमबारे प्रष्ट पारे । सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका कृष्णप्रसाद सिर्टाैलालाई झापा ३ मा दोस्रोपटक हराएका लिङ्देनले ४० हजार ६६२ मतसहित विजयी भए ।

    momslust.com
    camstank.com

    File photo

    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    जसपाबा‌ट अशोक राई शिक्षा मन्त्री
    ‘कतिपय मानिसहरू डिग्री हासिल गरेर पनि अल्प ज्ञानी जस्तै छन्’- कांग्रेस नेता महर
    देउवाको निर्णयले कांग्रेसमा किचलो, शेखर समूहले माग्यो ३ मन्त्रालय
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      Local Singles Dating Reviews Ryan Grocery & Processing, Inc

    • २.
      ‎Tinder Dating New People On The App Store

    • ३.
      Ashley Madison Review: Pros, Main Features And Cons Behind This Dating Website

    • ४.
      The Strategies Is Dependant On Trying Lesbian Relationships Big Lesbian Dating Site

    • ५.
      इलाम कारागारबाट थुनुवा फरार

    • ६.
      पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम

    • ७.
      11 Simple Ways To Know If Your Boyfriend Is On Dating Sites

    • १.
      गण्डकीमा ढल्यो एमाले नेतृत्वको सरकार, माओवादीका दुई मन्त्रीले दिए राजीनामा

    • २.
      बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक पाए विश्वासको मत

    • ३.
      रजनीकान्तको ‘बाबा’ले टुंग्याएको मनिषा कोइरालाको साउथ करियर

    • ४.
      गठबन्धन दलका कारण तनावमा प्रधानमन्त्री दाहाल !

    • ५.
      यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर

    • ६.
      दाङमा छोरा र श्रीमतीको कुटाइबाट श्रीमान्‌को मृत्यु

    • ७.
      थिएटरको भिजिबिलिटी राम्रो हुनुपर्छ

    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor : Rem BK

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.