• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement

दुई दल बाहिरिए सुदूरपश्चिम प्रदेश सभाबाट, दुई नयाँ दल थपिँदै

  •  मेन समाचार संवाददाता
  • २० मंसिर २०७९, मंगलवार ००:३४ प्रकाशित
    Advertisement

    १९ मंसिर २०७९, सोमबार । सुदूरपश्चिम प्रदेश सभाको पहिलो कार्यकालमा भाग लगेका दुई दल बाहिरिएका छन् भने २०७९ को चुनावबाट थप दुई दल भित्रिएका छन् ।

    सुदूरपश्चिम प्रदेश सभामा २०७४ को निर्वाचनमा सहभागी भएका जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीको यसपटक सहभागिता नरहने भएको छ । प्रदेशका ३२ प्रत्यक्ष निर्वाचन क्षेत्रमा दुईवटै पार्टीका कुनै पनि उम्मेदवारले जित हासिल गर्न सकेनन् भने समानुपातिक प्रणालीबाट पनि जसपा र लोसपाले थ्रेस होल्ड कटाउन सकेनन् । जसकारण २०७९ को निर्वाचनपछि जसपा र लोसपाको सहभागिता हुने छैन ।

    २०७९ को निर्वाचनबाट सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टी र राप्रपा नयाँ दलका रूपमा प्रदेश सभामा उपस्थित हुने छन् । एक वर्षअघि मात्रै दर्ता भएको नागरिक उन्मुक्ति पार्टीले प्रदेश सभाको पहिलो निर्वाचनमै अर्थपूर्ण सहभागिता जनाउँदै छ । प्रत्यक्षतर्फ पाँच र समानुपातिक पद्धतिबाट दुई गरी नागरिक उन्मुक्तिका सातजना प्रदेश सभामा उपस्थित हुन लागेका छन् ।

    यसैगरी प्रत्यक्ष निर्वाचनमा सफल नभए पनि राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिक प्रणालीमा प्राप्त गरेका मतका आधारमा प्रदेश सभामा सहभागिता जनाउने भएको छ । सुदूरपश्चिममा समानुपातिक प्रणालीमार्फत राप्रपाले एक सिट पाउने निश्चित छ ।

    सुदूरपश्चिम प्रदेश सभामा सहभागिता जनाउने जम्मा दलको संख्या भने ६ नै कायम हुने भएको छ । प्रदेश सभाको पहिलो कार्यकालको अन्त्यतिर पनि प्रदेश सभामा सहभागिता जनाउने दलको संख्या ६ पुगेको थियो । २०७४ को निर्वाचनपछि सुरुमा सुदूरपश्चिम प्रदेश सभामा सहभागिता जनाउने दलको संख्या चार थियो । सुरुमा एमाले, माओवादी केन्द्र, नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीको प्रदेश सभामा सहभागिता रहेको थियाे ।

    राष्ट्रिय जनता पार्टीले २०७४ को निर्वाचनमा एक सिट प्रत्यक्ष र एक सिट समानुपातिक कोटाबाट जितेको थियो । तर निर्वाचनको केही समयमै एमाले र माओवादी केन्द्र मिलेर (नेकपा) बनेपछि प्रदेश सभामा सहभागि दलको संख्या तीन कायम भएको थियो ।

    तर प्रदेश सभाको मध्य कार्यकालसम्म आइपुग्दा एमालेलाई अदालतले विभाजन गरेसँगै फेरि प्रदेश सभामा सहभागि हुने दलको संख्या चार पुग्यो । त्यसलगत्तै एमालेबाट विभाजन भएको एकीकृत समाजवादीको पनि प्रदेश सभामा सहभागिता हुँदा प्रदेश सभामा पाँच दलको सहभागिता थियाे । एमाले विभाजनलगत्तै फेरि जसपाबाट अलग्गिएर राजेन्द्र महतोले लोसपा गठन गरेपछि प्रदेश सभाको अन्यमा सहभागी दलको संख्या ६ बनेको थियो ।

    ५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेश सभामा प्रत्यक्षतर्फ नेपाली कांग्रेसले १२, माओवादी केन्द्रले आठ, नागरिक उन्मुक्ति पार्टीले पाँच, एकीकृत समाजवादी र एमालेले समान तीन-तीन र एक स्थानमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । सुदूरपशिचम प्रदेश सभामा २१ जना सदस्य समानुपातिक निर्वाचन पद्धतिबाट छानिने छन् । समानुपातिक प्रणालीमा नेपाली कांग्रेस र नेकपा एमालेले सात-सात, माओवादी केन्द्रले तीन, नागरिक उन्मुक्ति पार्टीले दुई र राप्रपाले एक सिट प्राप्त गर्ने देखिएको छ ।

    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    यस वर्षको एसईई परीक्षाको सबै तयारी पूरा, जापानबाट पनि सहभागी हुँदै परीक्षार्थी
    आज सेतो मच्छिन्द्रनाथ रथयात्रा शुरु हुँदै
    आज चैते दशैँ, शक्तिपीठमा भक्तजनको घुइँचो
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      समाजवादको आधार तयार पार्ने मुख्य जिम्मेवारी स्थानीय तहकै हो : प्रचण्ड (पूर्णपाठसहित)

    • २.
      गणतन्त्रमा राजावादी हुने छुट नागरिकलाई छैन ? – लिङ्देन

    • ३.
      मिटरब्याजी पीडितको न्यायका लागि रुलिङको माग

    • ४.
      सरकारले संसदमा गरिमा घटायो: रघुजी पन्त

    • ५.
      द्वन्द्व पीडित सुरक्षाकर्मी परिवारले गराए सभामुखको ध्यानाकर्षण

    • ६.
      वान टु वान छलफलमा प्रचण्ड माधव

    • ७.
      चोर बाटोबाट संसद् छिर्न तीन महिना नपुग्दै बारा–२ मा उपनिर्वाचनको षड्यन्त्र रचियो : सिके राउत

    • १.
      साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालको पहिलो जित

    • २.
      बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक पाए विश्वासको मत

    • ३.
      गण्डकीमा ढल्यो एमाले नेतृत्वको सरकार, माओवादीका दुई मन्त्रीले दिए राजीनामा

    • ४.
      यात्रु अभावले उडान बन्द

    • ५.
      यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर

    • ६.
      गठबन्धन दलका कारण तनावमा प्रधानमन्त्री दाहाल !

    • ७.
      अस्ट्रेलिया ओडीआई वरीयताको शीर्ष स्थानमा

    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor : Rem BK

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.