• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement

मधेश सरकारले ९ कक्षाका छात्राका लागि झन्डै ५ करोडको झोला किन्दै

  •  मेन समाचार संवाददाता
  • २० मंसिर २०७९, मंगलवार ०८:३५ प्रकाशित
    Advertisement

    २० मंसिर २०७९, मंगलबार । दुई वर्षअघि कक्षा ८ मा अध्ययनरत छात्रालाई साइकल बाँडेको मधेश प्रदेश सरकारले यस वर्ष ९ कक्षामा अध्ययनरत छात्रालाई झोला वितरण गर्ने भएको छ । अघिल्लो वर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साइकल खरिदमा अनियमितता भएको आशंका गर्दै त्यससम्बन्धी फाइलहरू मुख्यमन्त्रीको कार्यालयबाट लिएर गएको थियो। त्यसपछि आयोगले १० जना कर्मचारी र साइकल बिक्री गर्ने कम्पनीविरुद्ध मुद्दा नै दायर गरेको थियो ।

    यसपटक पनि मधेश प्रदेशको सामाजिक विकास मन्त्रालयमातहतको शिक्षा विकास निर्देशनालयले एउटा कम्पनीलाई ठूलो धनराशी खर्चिएर झोला खरिदको ठेक्का दिएको छ । न्यु आनन्द ट्रेड हाउस प्रालीसँग चार करोड ९६ लाख ९३ हजार ६ सय ८२ रुपैयाँमा ज्योमेट्रिक बक्ससहितको ब्याग खरिद गर्न लागेको हो । सबैभन्दा कम कबोल गरेको भन्दै झोला किन्न लागेको निर्देशनालयले जानकारी दिएको छ ।

    यी सबै कार्यक्रम प्रदेश सरकारले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानका रुपमा ल्याइरहेको छ । अभियान अन्तर्गत साइकल वितरणलाई चालु आर्थिक वर्षको बजेटमार्फत निरन्तरता दिइएको छ। यसमा सम्बन्धित विद्यालयको सिफारिशमा विद्यार्थीको खातामा रकम पठाउने व्यवस्था गरिएको छ। यसअघि मुख्यमन्त्री कार्यालयले आफैं साइकल वितरण गर्दै आएको थियो। साइकल वितरणमा अनियमितता भएको र अख्तियारले समेत छानबिन गरिरहेको अवस्थामा अब सम्बन्धित विद्यार्थीको खातामा रकम पठाउने व्यवस्था गरिएको हो। कक्षा १२ मा अध्ययनरत छात्राका लागि ल्यापटप वितरण योजना ल्याइएको छ। अभियानका लागि ७७ करोड ४० लाख रुपैयाँ विनियोजन गरिएको छ।

    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    तीन बजे नवनियुक्त मन्त्रीको शपथ
    दोस्रो पटक विश्वासको मत लिँदै कर्णाली प्रदेशका मुख्यमन्त्री शर्मा
    मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न शीतलनिवास पुगे प्रधानमन्त्री
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      11 Simple Ways To Know If Your Boyfriend Is On Dating Sites

    • २.
      जसपाबा‌ट अशोक राई शिक्षा मन्त्री

    • ३.
      माल्टा पठाउने नाममा ठगी

    • ४.
      ‘कतिपय मानिसहरू डिग्री हासिल गरेर पनि अल्प ज्ञानी जस्तै छन्’- कांग्रेस नेता महर

    • ५.
      देउवाको निर्णयले कांग्रेसमा किचलो, शेखर समूहले माग्यो ३ मन्त्रालय

    • ६.
      तीन बजे नवनियुक्त मन्त्रीको शपथ

    • ७.
      Who Is Jace Norman Dating? Girlfriend List

    • १.
      गण्डकीमा ढल्यो एमाले नेतृत्वको सरकार, माओवादीका दुई मन्त्रीले दिए राजीनामा

    • २.
      बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक पाए विश्वासको मत

    • ३.
      रजनीकान्तको ‘बाबा’ले टुंग्याएको मनिषा कोइरालाको साउथ करियर

    • ४.
      यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर

    • ५.
      गठबन्धन दलका कारण तनावमा प्रधानमन्त्री दाहाल !

    • ६.
      दाङमा छोरा र श्रीमतीको कुटाइबाट श्रीमान्‌को मृत्यु

    • ७.
      थिएटरको भिजिबिलिटी राम्रो हुनुपर्छ

    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor : Rem BK

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.