• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement

जनप्रतिनिधि आएको आठ महिनासम्म लालपुर्जा वितरण नभएपछि बर्दिवासवासी चिन्तित

  •  मेन समाचार संवाददाता
  • २० मंसिर २०७९, मंगलवार १९:२८ प्रकाशित
    Advertisement

    २० मंसिर २०७९, मंगलबार । स्थानीय तहको निर्वाचनका बेला सबै दलले आफ्नो घोषणापत्रमा लालपुर्जा वितरणलाई मुख्य प्राथमिकतामा राखेका थिए । बर्दिबास नगरपालिकामा भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या धेरै छ । उनीहरूको लालपुर्जा पाउने आशालाई नवनिर्वाचित नगर प्रमुख प्रल्हादकुमार क्षेत्रीले थप जगाइदिए ।

    क्षेत्री निर्वाचित भएको झन्डै आठ महिना बितिसकेको छ । पूर्ववर्ती सरकारले गरेका कामलाई समेत गति दिन नसकेपछि क्षेत्री आलोचित हुन थालेका छन् । पूर्व नगर प्रमुख बिदुर कार्कीकै पालामा बर्दिवासमा नापजाँच सकिएर झन्डै ९० प्रतिशत काम सकिएको दाबी गरिएको थियो ।

    ‘काम निक्कै गतिशील रूपमा अगाडि बढेको थियो, तर नवनिर्वाचित नगर प्रमुखको काम जनअपेक्षाअनुसार खासै अगाडि बढन सकेन,’ बर्दिबास–३ का स्थानीय कृष्ण खड्काले भने ।

    भूमि आयोग महोत्तरीका अध्यक्ष ज्ञानबहादुर गोलेका अनुसार नापजाँच र नक्सांकनको जिम्मेवारी दिएको सिन्धुलीको परामर्शदाता कम्पनीसँग अहिलेको स्थानीय सरकारले सहजीकरण गर्न नसक्दा तयार सामग्री प्राप्त गर्न नै महिनौ लाग्यो । नगरपालिकाले यससँग जोडिएका समस्या समाधान गर्न नसक्दा लालपुर्जा वितरणमा ढिलाइ भइरहेको उनको भनाइ छ ।

    नगरले अघिल्लो स्थानीय सरकारले नापजाँच गरेको नक्सांकनको प्रमाणीकरण मात्र हैन, अव्यवस्थित बसोबासीको घरजग्गाको श्रेणीसमेत छुट्याउनुपर्नेछ । यसकोआधारमा कर निर्धारण हुने भूमि आयोग महोत्तरीका अध्यक्ष गोलेले वताए । भूमि आयोगको नियमअनुसार जग्गादाताको सम्पत्तिको आधारमा उसले २ प्रतिशतदेखि ८ सय प्रतिशतसम्म कर तिर्नुपर्ने छ ।

    अहिले नगर क्षेत्रमा नौ सय १३ जना पूर्ण भूमिहीन सुकुम्बासी, चार सय ८९ जना दलित भूमिहीन र आठ हजार एक सय ७४ जना अव्यवस्थित बसोबासी छन् । अझै पनि छुटेका फर्महरु आउने क्रम जारी रहेको बर्दिबासस्थित नापी कार्यालयले जनाएको छ ।

    सबैभन्दा धेरै बर्दिबास–३ स्थित गौरिडाँडामा बस्दै आएका छन् । ‘यही ऐलानी जग्गा किनवेच भइरहेको छ,’ गौरिडाँडाका भाष्कर दाहालले भने, ‘यो समस्या छिटो समाधान भए सर्वसाधारणलाई निक्कै ठूलो राहत मिल्ने थियो ।’
    ।
    अघिल्लो स्थानीय सरकारले २४ मंसिर २०७७ मा भूमिसमबन्धी समस्या समाधान आयोग ताहाचाल र बर्दिबास नगरपालिकाबीच समझदारी पत्रमा हस्ताक्षर साकिएलगत्तै नगरपालिकाभित्रका भूमिसमबन्धी आधारभूत स्थितिको अध्ययन भएको थियो । ३५ दिनभित्र लागत संकलन सकेर सम्पूर्ण तथ्यांक पठाइसक्ने सम्झौता भए पनी नगरपालिकाले अत्यन्तै कम समयमा लागत संकलनदेख िडिजिटल प्रबिधिवाट नक्सांकनसमेत सम्पन्न गर्‍यो ।

    नगरपालिकाले २४ पुसमा भूमि आयोगसँग पुनः सम्झौता गरी लागत संकलन तथा नापजाँचसम्बन्धी कार्यविधि स्वीकृत गराएपछि लापुर्जा प्रबिष्ट गर्ने काम अन्तिम चरणमा पुगेको थियो । अघिल्लो सरकारले नापजाँच गरेका नक्सासमेत प्रबिष्ट भैइसकेको छ भने नगरको वडा नम्बर २ र ७ को भने धमाधम प्रबिष्ट भइरहेको भूमि आयोगले जनाएको छ ।

    वडा नम्बर ४ का ३१ पूर्ण भूमिहीन परिवारलाई भने केही दिनपछि लालपुर्जा वितरण गर्ने तयारी भइरहेको छ । तर अव्यवस्थित बसोबासीहरुको हकमा भने निक्कै झमेला सिर्जना हुने संकेत देखिएको छ । ‘करको समस्या नै समाधान गर्न समस्या पर्ने देखिन्छ,’ अध्यक्ष गोलेले भने, ‘झापामा अव्यवस्थित बसोबासीलाइ वितरण गरिएको लालपुर्जाबाट हामीले नयाँ पाठ सिकेका छौ ।’ झापामा वितरण गरिएको लालपुर्जालाई लिएर भूमिसम्बन्धी ऐन नै संशोधन गर्नुपर्ने खावाज उठेको छ ।

    जग्गाधनीले पुर्ख्यौली सम्पत्ति, भौगोलिक अवस्था, सुगमता वा दुर्गमताका आधारमा ८ सय प्रतिशतसम्म कर तिर्नुपर्ने भूमि आयोगको ऐनमा उल्लेख भएको अध्यक्ष गोलेले बताए ।

    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    यस वर्षको एसईई परीक्षाको सबै तयारी पूरा, जापानबाट पनि सहभागी हुँदै परीक्षार्थी
    आज सेतो मच्छिन्द्रनाथ रथयात्रा शुरु हुँदै
    आज चैते दशैँ, शक्तिपीठमा भक्तजनको घुइँचो
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      समाजवादको आधार तयार पार्ने मुख्य जिम्मेवारी स्थानीय तहकै हो : प्रचण्ड (पूर्णपाठसहित)

    • २.
      गणतन्त्रमा राजावादी हुने छुट नागरिकलाई छैन ? – लिङ्देन

    • ३.
      मिटरब्याजी पीडितको न्यायका लागि रुलिङको माग

    • ४.
      सरकारले संसदमा गरिमा घटायो: रघुजी पन्त

    • ५.
      द्वन्द्व पीडित सुरक्षाकर्मी परिवारले गराए सभामुखको ध्यानाकर्षण

    • ६.
      वान टु वान छलफलमा प्रचण्ड माधव

    • ७.
      चोर बाटोबाट संसद् छिर्न तीन महिना नपुग्दै बारा–२ मा उपनिर्वाचनको षड्यन्त्र रचियो : सिके राउत

    • १.
      बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक पाए विश्वासको मत

    • २.
      गण्डकीमा ढल्यो एमाले नेतृत्वको सरकार, माओवादीका दुई मन्त्रीले दिए राजीनामा

    • ३.
      साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालको पहिलो जित

    • ४.
      यात्रु अभावले उडान बन्द

    • ५.
      यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर

    • ६.
      गठबन्धन दलका कारण तनावमा प्रधानमन्त्री दाहाल !

    • ७.
      अस्ट्रेलिया ओडीआई वरीयताको शीर्ष स्थानमा

    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor : Rem BK

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.