• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी

मालिकले निकालिदिए, अदालतले पुनर्वहाली गरिदियो

  •  मेन समाचार संवाददाता
  • २० मंसिर २०७९, मंगलवार १९:४१ प्रकाशित
    Advertisement
    Advertisement

    २० मंसिर २०७९, मंगलबार । के तपाइ कार्यालयमा दिक्क मानेर बस्ने, कामप्रति रुची नदेखाउने र जहिले टोलाउने त गर्नु भएको छैन ? यदि छ भने तुरुन्तै सुधार गर्नुहोस है । नत्र मालिकले बर्खास्त गर्लान नि ? यस्तै घटना फ्रान्समा भएको छ । कार्यलयमा दिक्कलाग्दो व्यवहार देखाएको भन्दै एक जना कर्मचारीलाई त्यहाँको एउटा कम्पनीले निकालिदिएको छ । तथापि, अदालतले भने उनको पुनर्वहाली गर्न आदेश दिएको छ ।

    कार्यस्थलमा पर्याप्त रमाइलो नगरेको कारण परामर्शदाता फर्मबाट निकालिएका ती व्यक्तिलाई आफूले मन परेको बोरिङ गर्ने अधिकार रहेको फ्रान्सको एउटा अदालतले हालै फैसला सुनाएको हो ।

    सन् २०१५ मा पेरिसमा रहेको फ्रान्सेली व्यवस्थापन परामर्शदाता क्युबिक पार्टनर्सले टी (पूरा नाम गोपनीयता कारण खुलासा गरिएको छैन्) लाई बर्खास्त गरेको थियो। उनीसँग काम गर्न गाह्रो भएको, काममा कम चासो देखाएको र दिक्कलाग्दो व्यवहार गरेको र मदिरा पिउने लगायतका कार्यक्रममा सहभागी नभएको भन्दै कम्पनीले उनलाई बर्खास्त गरेको थियो ।

    कम्पनीले स्पष्ट रूपमा के भन्न खोजेको थियो भने टिम बिल्डिङमा कम्पनीको ‘रमाइलो’ दृष्टिकोणमा उनी पर्याप्त मात्रामा सहकर्मीसँग बाहिर जाँदैनथे ।

    क्युबिक पार्टनरद्वारा ’व्यावसायिक अपर्याप्तता’को कारण दर्शाइ बर्खास्त गरिसकेपछि टी कम्पनीविरुद्ध अदालतमा पुगेका थिए । पर्याप्त रमाइलो नभएकै कारण कार्यलयबाट बर्खास्त गरिएको विषय अबैध भएको उनले तर्क गरेका थिए । वर्षौंको कानुनी लडाईपछि एक शीर्ष फ्रान्सेली अदालतले बर्खास्तगीमा परेका ती कर्मचारीको पक्षमा फैसला सुनाएको थियो ।

    आफ्नो फैसलामा अदालतले सल्लाहकार कम्पनीले कसैलाई पनि बलपूर्वक गोष्ठिमा सहभागी गराउने अधिकार नभएको र बारम्बारको साताव्यापाी मदिरा सेबन गर्न कर लगाउँद उनको मौलिक अधिकार हनन भएको जनाएको छ ।

    परामर्श कम्पनीलाई कसैलाई जबरजस्ती सेमिनारहरूमा भाग लिन र हप्ताको अन्त्यमा अत्यधिक मदिरा पिउनका लागि प्रोत्साहन गर्ने अधिकार नभएको अदालतले भनेको छ ।

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    माछा मार्ने लतका कारण सम्बन्ध बिच्छेद गरिन यी महिलाले
    अध्ययन भन्छ, मंगल ग्रहमा कुनै बेला सागर थियो
    जिससले ढोका खोल्न भनेको भन्दै उडिरहेको विमानको ढोका यात्रुले खोल्न खोजेपछि…
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      आज देखी पेट्रोल र डिजलमा ३ रुपैयाँ बृद्धी

    • २.
      आजको मौसमः प्रदेश १ सहित ४ प्रदेशमा हिउँ पर्ने

    • ३.
      पाथिभरा माताले सबैको कल्याण गरुँन्, हेर्नुस् यस्तो छ तपाइँको आजको दैनिक राशिफल

    • ४.
      सन्दीप लामिछानेलाई भेटे पाकिस्तानी क्रिकेटर रिजवानले

    • ५.
      सासू कुट्ने दुई बुहारीलाई तीन महिना कैद

    • ६.
      राष्ट्रियसभाको उपाध्यक्षमा निर्वाचित उर्मिला अर्याल काे हुन् ?

    • ७.
      बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    • १.
      क्यानडा अध्ययनका लागि जान चाहने विद्यार्थीका लागि ‘ज्ञान’को ‘वेभिनार’

    • २.
      लिबियाको तटबाट ३३१ आप्रवासीको उद्धारः आईओएम

    • ३.
      क्यान बैठक : अध्यक्ष चन्दसहित ५ जनाको राजीनामा माग्दै बहिस्कार

    • ४.
      न‍ेपाल प्रहरीका ९५ एसपीको सरुवा, को कहाँ पुगे ?

    • ५.
      पाथिभरा माताले सबैको कल्याण गरुँन्, हेर्नुस् यस्तो छ तपाइँको आजको दैनिक राशिफल

    • ६.
      हिलो ‘इण्डियन आइडल’ अभिजितदेखि पछिल्लो संस्करणका विजेता पवनदिपसम्म कोही सक्रिय, कोही गुमनाम

    • ७.
      राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीका लागि पर्यो निवेदन

    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor : Rem BK

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.