• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement

देउवाले थाले संसदीय दलको नेता बन्ने अभियान, युवालाई नछाड्ने संकेत

  •  मेन समाचार संवाददाता
  • २० मंसिर २०७९, मंगलवार २०:४५ प्रकाशित
    Advertisement

    २० मंसिर २०७९, मंगलबार । प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजा औपचारिक रूपमा सार्वजनिक हुन बाँकी छ । तर, नतिजाबारे आंकलन भइसकेको छ ।

    गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले कांग्रेसलाई पहिलो दलको हैसियत दिएको छ भने एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, एकीकृत समाजवादी क्रमशः हैसियतमा छन् ।

    कुनै पनि दलको स्पष्ट बहुमत नभएकाले संविधानको धारा ७६ (२) बमोजिमको सरकार गठन प्रक्रिया सुरु हुनेछ । ‘प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछ,’ संविधानको धारा ७६ (२) मा उल्लेख छ ।

    प्रधानमन्त्री बन्न र सरकारको नेतृत्व आफ्नो पार्टीलाई दिलाउन नेताहरू औपचारिक तथा अनौपचारिक रूपमा छलफलमा जुटिरहेका छन् । पहिलो दलको हैसियत प्राप्त कांग्रेसका आधा दर्जन नेता प्रधानमन्त्रीको आकांक्षीको रूपमा आफूलाई अघि सारेका छन् । तर, अरु दलमा जस्तै कांग्रेसमा जनतमको सन्देशविपरीत यसअघि पटक पटक सरकार र पार्टीको नेतृत्वमा रहिसकेका व्यक्ति नै प्रधानमन्त्रीमा दाबी गरिरहेका छन्, समर्थन जुटाउन दौडधूप गरेका छन् ।

    गत वैशाखमा सम्पन्न स्थानीय तह र ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनले नेतृत्वमा युवालाई रुचाएका छन् । सोहीअनुसार मत दिएर जिताएका छन् । निर्वाचनको बेला वर्षाैंदेखि पार्टी र सरकारको निर्णायक स्थानमा रहेका नेतालाई ‘हराउन’ युवाहरूले अभियान चलाएका थिए । तर, गठबन्धन गरेर दलहरूले आफूलाई निर्वाचित गराउन सक्षम भए, जसको अभिमत सत्ताको नेतृत्वमा रहनका लागि नरहेको राजनीतिक विश्लेषकहरूले सार्वजनिक रुपमै बताइरहेका छन् ।

    तर, यसलाई बेवास्ता गर्दै पाँचपटक प्रधानमन्त्री भइसकेका कांग्रेस सभापति शेरबहादुर देउवा अझै प्रधानमन्त्री बन्न लविङ थालेका छन् । सांसदहरूले शपथ खाएका छैनन् । संसदीय दल गठन भएको छैन । संसदीय दलको नेता चयन भएको छैन । तर, हतार भने सरकारको नेतृत्व लिन नेताहरु दौडधूप गरेका छन् ।

    निर्वाचनअघि आफूलाई संसदीय दलको नेता र प्रधानमन्त्रीको दाबेदारको रूपमा प्रस्तुत गरेका गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको रूपमा रहनेगरी काठमाडौं ४ का जनताले निर्वाचित गरेका छन् । तर, उनलाई संसदीय दलको नेतामै उठ्न नदिने गरी चलखेल सुरु भएको देखिन्छ ।

    गत वर्ष सम्पन्न महाधिवेशनबाट पार्टीको महामन्त्रीको जिम्मेवारीमा रहेका थापालाई दलको नेता र प्रधानमन्त्री बनाउन अर्का महामन्त्री विश्वप्रकाश शर्मासहित पार्टीका युवा नेता तयार देखिन्छन् । तर, सभापति देउवा, रामचन्द्र पौडेल, प्रकाशमान सिंहसहितका नेताहरू गगनलाई दलको नेता र प्रधानमन्त्री बनाउन चाहेको देखिँदैन ।

    गगनलाई रोक्न शशांक कोइरालालाई फकाउन देउवा स्वयं सक्रिय छन् । देउवाले शशांकलाई भेटेर आफूलाई दलको नेता बनाउन सहयोग गर्न आग्रह गरेका छन् । ज्येष्ठ नेताको सत्ता र शक्तिप्रतिको मोहले पार्टीलाई पार्ने दख्खलबारे युवा नेताहरू चिन्तित् देखिन्छन् । उनीहरू यसपटक चुनौती दिने तयारीमा छन् । तर, केही दिनयता भइरहेका भेटवार्ता र छलफलले गगनलाई संसदीय दलको नेतामा उठ्न नदिने र प्रधानमन्त्री बन्नबाट रोक्ने संकेत देखिन्छ ।

    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    समाजवादको आधार तयार पार्ने मुख्य जिम्मेवारी स्थानीय तहकै हो : प्रचण्ड (पूर्णपाठसहित)
    द्वन्द्व पीडित सुरक्षाकर्मी परिवारले गराए सभामुखको ध्यानाकर्षण
    सत्ता गठबन्धनले टुंग्याउन सकेन भागबन्डा
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      समाजवादको आधार तयार पार्ने मुख्य जिम्मेवारी स्थानीय तहकै हो : प्रचण्ड (पूर्णपाठसहित)

    • २.
      गणतन्त्रमा राजावादी हुने छुट नागरिकलाई छैन ? – लिङ्देन

    • ३.
      मिटरब्याजी पीडितको न्यायका लागि रुलिङको माग

    • ४.
      सरकारले संसदमा गरिमा घटायो: रघुजी पन्त

    • ५.
      द्वन्द्व पीडित सुरक्षाकर्मी परिवारले गराए सभामुखको ध्यानाकर्षण

    • ६.
      वान टु वान छलफलमा प्रचण्ड माधव

    • ७.
      चोर बाटोबाट संसद् छिर्न तीन महिना नपुग्दै बारा–२ मा उपनिर्वाचनको षड्यन्त्र रचियो : सिके राउत

    • १.
      साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालको पहिलो जित

    • २.
      बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक पाए विश्वासको मत

    • ३.
      गण्डकीमा ढल्यो एमाले नेतृत्वको सरकार, माओवादीका दुई मन्त्रीले दिए राजीनामा

    • ४.
      यात्रु अभावले उडान बन्द

    • ५.
      यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर

    • ६.
      गठबन्धन दलका कारण तनावमा प्रधानमन्त्री दाहाल !

    • ७.
      अस्ट्रेलिया ओडीआई वरीयताको शीर्ष स्थानमा

    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor : Rem BK

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.