• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement

७० हजार चालक अनुमतिपत्र वितरण गर्न बाँकी

  •  मेन समाचार संवाददाता
  • २६ मंसिर २०७७, शुक्रबार ११:४३ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement

    काठमाडौँ । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले झण्डै ७० हजार अनुमतिपत्र वितरण गर्न बाँकी रहेको छ।

    पछिल्लो एक वर्षमा विगतका वर्षदेखि बाँकी रहेको सबै अनुमतिपत्र छापिसकेर पठाएको कार्यालयले जनाएको छ।

    कार्यालयमा दुई(तीन महिना पहिले छापिएकादेखि दुई(तीन वर्ष पहिले छापिएर आएको अनुमतिपत्र लिन सेवाग्राही आउन बाँकी रहेको कार्यालय प्रमुख सम्बरबहादुर कार्कीले बताए।

    विभागले गत वर्ष ठूलो क्षमताको छपाइयन्त्र (मास प्रिन्टर) खरिद गरेर सञ्चालनमा ल्याएसँगै यहाँका छाप्न बाँकी धेरै अनुमतिपत्र छापिएर आएको थियो।

    तिहारपछि कार्यालयमा अनुमतिपत्र लिन आउने सेवाग्राहीको सङ्ख्या कम भएको कार्यालयले जनाएको छ। प्रमुख कार्कीका अनुसार गत वर्ष चैतमा बन्दाबन्दी भएसँगै बन्द कार्यालय असारमा खुलेपछि कार्यालयमा सेवाग्राहीको धेरै चाप रहेको थियो।

    त्यतिबेला धेरै कार्यालय बन्द भएकाले फुर्सदका कारण पनि सेवाग्राही धेरै आएको हुनसक्ने उनको भनाइ छ।

    उनले भने, ‘अहिले धेरै कार्यालय खुलेकाले पनि हुनसक्छ सेवाग्राही कम भएका छन्।

    कार्यालयले नवीकरणका लागि आएका सेवाग्राहीको झण्डै १५ हजार अनुमतिपत्र मात्रै विभागबाट छापिएर आउन बाँकी छ। कार्यालयले नयाँ चालक अनुमतिपत्र नखुलाएर अनुमतिपत्र नवीकरण र वितरणको काम गरिरहेको छ।

    विभागले अनुमतिपत्रका लागि आवेदन लिइने भने पनि अझैसम्म वाग्मती प्रदेश सरकारले नयाँ अनुमतिपत्र खुलाउने निर्णय गरेको छैन। अनुमतिपत्र नवीकरणका लागि दैनिक तीन÷चार सय सेवाग्राही आइरहेका छन्।

    यो सङ्ख्या पछिल्लो एक डेढ महिनाको मात्रै भएको उनले बताए। विभागले कार्यालयले पठाएको अनुमतिपत्र झण्डै दुई महिनामा छापेर पठाइरहेको छ। रासस

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    १५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक
    विष्णु पौडेलको कार्यकतालाई आग्रह: नेताहरू जिल्लामा आउँदा विमानस्थलमा खादा, माला र गाडीको लावालस्कर नलैजानुस्
    एउटै जिल्लाबाट दुई मन्त्री
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      विद्यालयको हकभोगमा रहेको जमिन निजी बनाएर बिक्री

    • २.
      पाँच दिन हिरासतमा राख्न अनुमति दिलमाया सुनारको मृत्यु प्रकरणमा पक्राउ परेका श्रेष्ठलाई

    • ३.
      आज नेपाल स्टक एक्सचेञ्जमा दोहोरो अंकको गिरावट

    • ४.
      १५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

    • ५.
      नवनियुक्त मन्त्रीहरुद्वारा शपथ

    • ६.
      विष्णु पौडेलको कार्यकतालाई आग्रह: नेताहरू जिल्लामा आउँदा विमानस्थलमा खादा, माला र गाडीको लावालस्कर नलैजानुस्

    • ७.
      ८ किलो गाँजासहित तीन जना पक्राउ

    • १.
      प्रहरी फन्दामा सेवाग्राहीमाथि अभद्र व्यवहार गर्ने नायब सुब्बा

    • २.
      ज्योतिराज राईको अध्यक्षतामा नयाँ समिति गठन

    • ३.
      भोलिदेखि ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोभिडविरुद्धको खोप

    • ४.
      दुबई राजपरिवारका सदस्यले गरे पोखराको भ्रमण, गरे प्रशंसा

    • ५.
      ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ का सात व्यवस्थाः प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीदेखि भ्रातृसंगठन र कार्यकर्तारहितसम्म

    • ६.
      हुम्ला जिल्ला समन्वय समितिको प्रमुखमा शर्मा निर्विरोध निर्वाचित

    • ७.
      बलात्कार गरी नगद र गहना लुटपाट गरी फरार भएका युवा पक्राउ

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.