काठमाडौँ । नेपालमा थप १ हजार ४४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुुसार बितेको २४ घण्टामा ११ जनाको मृत्यु भएको छ ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४६ हजार ६९४ पुगेको छ । त्यस्तै बितेको २४ घण्टामा १ हजार २७१ जना निको भएका छन् । निको हुनेको कुल संख्या २ लाख ३२ हजार ८७२ पुगेको छ ।
कोरोना संक्रमणबाट हालसम्म १ हजार ६७४ जनाले ज्यान गुमाएका छन् ।
शुक्रबारसम्म सक्रिय संक्रमितको संख्या १२ हजार १४८ जना पुगेको छ । हालसम्म १८ लाख २० हजार ६१८ जनाको कोरोना परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।