• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement

तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै बागलुङकी लालकुमारी पुन

  •  मेन समाचार संवाददाता
  • २७ मंसिर २०७७, शनिबार ११:१९ प्रकाशित
    Advertisement
    फाइल फाेटाे: रासस

    बागलुङ्ग । व्यावसायिक तरकारी खेतीमा पुरुषले जस्तै महिलासमेत मनग्य आम्दानी गर्न सक्दछन् भन्ने कुरा बागलुङका दुई महिलाले उदाहरण पेश गरेका छन् । उनीहरुले पनि पुरुष समान व्यावसायिकरुपमा नै तरकारी खेती गरेर मासिक रु एक लाख बढी आम्दानी गर्न सफल भएका छन् ।

    जिल्लाको काठेखोला गाउँपालिका–८ कादेशकी लालकुमारी पुन र बागलुङ नगरपालिका–३ मूलपानीकी शरु बस्नेतले व्यावसायिक तरकारी खेतीबाटै मासिक रु एक लाख बढी कमाउँदै आएका छन् । लालकुमारी अब कृषक मात्र होइन, उनको अहिले व्यावसायिक कृषकको गर्विलो परिचय गाउँपालिकामा बनेको छ । त्यस्तै म्याग्दी जिल्लाको बेनी नगरपालिका–९ काउलेगैडा घर भई बागलुङ नगरपालिका–३ मा आठ वर्षदेखि व्यावसायिक कृषि गर्दै आएका शरु पनि जिल्लामा अब्बल महिला कृषकका रुपमा परिचय बनाउँदै आएका छन् ।

    चौध वर्षदेखि कृषिमा समर्पित लालकुमारी गाउँका अन्य दाजुभाइ दिदीबहिनीलाई समेत व्यावसायिक कृषि पेशामा लाग्न अभिप्रेरित गर्दै आएका छन् । महिलालाई झट्ट विश्वास नगर्ने नेपाली समाजमा त्यतिबेला ठूलै हिम्मत बटुलेर निर्वाहमुखी खेती प्रणालीलाई बदलेर व्यावसायिक बाटो रोजेको पुनको भनाइ छ । ४३ वर्षीया लालकुमारीले आफ्नो जग्गा जमिनका साथै केही जग्गा भाँडामा समेत लिएर २० रोपनी जग्गामा बेमौसमी र मौसमी तरकारी उत्पादन गर्दै आउनुभएको छ । “हालै मात्र पाँच हजार केजी बेमौसमीरुपमा उत्पादित ब्रोकाउली बिक्री गरे, १४ वर्षदेखि व्यावसायिक तरकारी उत्पादनमा सक्रिय छु, मैले मौसमीभन्दा बढी बेमौसमी तरकारी उत्पादनमा बढी जोड दिएको छु”, पुनले भने “मौसमी तरकारीको भाउ नआउने भएकाले बेमौसमी उत्पादन गर्नतर्फ बढी अग्रसर भएको छु ।” हालै मात्र तीन लाखको बेमौसमी ब्रोकाउली मात्रै बिक्री गरेको उनको भनाइ छ ।

    यस्तै एउटी महिला, म्याग्दीबाट बागलुङमा आएर व्यवसाय गर्ने कति ठूलो आँट, शरुलाई खुच्याउँदै छिमेकीले भनेका थिए तर घर छोडेर हिँडेपछि गरेर देखाउनुपर्छ, कमाएर खानुपर्छ भन्ने आँट बोकेर श्रीमान्श्रीमती मिलेर व्यावसायिक तरकारी खेती शुरु गरेको शरुको भनाइ छ । शरुलाई उनका श्रीमान् योगेन्द्रले हरेक काममा सघाउछन् । बस्नेत दम्पतीले व्यावसायिक रुपमा तरकारी खेती गर्न बस्नेत तरकारी फर्म दर्ता पनि गरेका छन् ।

    विसं २०६९ मा बागलुङ नगरपालिका–३ मूलपानीमा तीन रोपनी जग्गा भाडामा लिएर व्यावसायिक तरकारी खेताी थालेका बस्नेत दम्पतीले तरकारी व्यवसाय फस्टाउँदै गएपछि हाल स्थानीयको २० रोपनी जग्गा भाडामा लिएका छन् । भाडाको जग्गामा १५ वटा टनेल र केही खुलारुपमा व्यावसायिक तरकारी उत्पादन गर्दै आएको शरुले बताए । “भाडाको जग्गा लिएर व्यावसायिक तरकारी खेती गर्दै आएका छौँ”, बस्नेतले भने, “बन्दाबन्दी अगाडिसम्म राम्रै आम्दानी भएको थियो, अहिले अलि बजार कम भएको छ ।” जग्गाको भाडामात्र वार्षिक दुई लाख छ ।

    यस्तै लालकुमारीको बारीमा अहिले ५०० बोट अकबरे खुर्सानी पनि उत्पादनको चरणमा छ । अकबरे हरियो खुर्सानी, अचारलगायतका परिकार बनाएरसमेत बिक्री गर्दै आएको पुनको भनाइ छ । वडास्तरीय कृषि समितिको संयोजकसमेत रहेका लालकुमारीले आफूले मात्रै हैन, वडाका अन्य कृषकलाई समेत कृषि पेशामा आत्मनिर्भर गराउने गरी योजना लिएर अगाडि बढेको बताउँछन् । “मैले बेमौसमी तरकारी खेतीमा जोड दिएको छु, तितेकरेलो, ब्रोकाउली, गोलभेँडालगायतका तरकारी अहिले तयारीमा छन्”, पुनले भने, “कतै तरकारी नपाइने समयमा मेरोमा बारीभरि तरकारी हुन्छ, मूल्य पनि भनेको जति पाइन्छ, आम्दानी राम्रै हुन्छ ।” बीस रोपनी जग्गामा तरकारी खेती गर्दै आएका पुनलाई उनका तीन छोरीले काममा सघाउँदै आएका छन् ।

    बस्नेतको तरकारी फर्ममा हाल सात वटा हाइटेक र आठ परम्परागत टनेलमा टमाटर, धनियाँ, साग, घिरौँला, काउली, बन्दा र करेलालगायतका मौसमी र बेमौसमी तरकारी उत्पादन हुँदै आएका छन् । बस्नेत दम्पतीले तरकारी फर्मबाट वार्षिक १२ लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । तरकारी व्यसायमा विचौलियाको अन्त्य हुनपर्ने उनको धारणा छ । “हामीले वर्षभरि मेहनत गरेर तरकारी उत्पादन गर्छौं”, बस्नेतले भने, “यहाँबाट ५० मा खरिद गरेको तरकारी बजार पुग्दा १५० पुग्छ, विचौलियाले एकै दिनमा १०० कमाउँछ ।” विचौलियाको कारणले व्यवसायमा सोचेजस्तो नाफा नभए पनि खान बस्न भने पुगेको उनको भनाइ छ । उनले परम्परागत भन्दा हाइटेक टनेलमा राम्रो तरकारी उत्पादन गर्दै आएका छन् ।

    तरकारी खेतीबाट वार्षिक १२ लाख आम्दानी गर्दै आएकी लालकुमारीले ज्याला, जग्गा भाँडालगायतका खर्च कटाएर वार्षिक ६ लाख बचत गर्दै आएको बताउँछन् । चार वर्षदेखि ऋषिका कृषि फर्मसमेत दर्ता गरेर व्यावसायिक फर्म सञ्चालन गर्दै आउनुभएको छ । पुनको फर्ममा एक हाइटेक र चार अस्थायी टनेलमार्फत बेमौसमी तरकारी खेती गर्दै आउनुभएको छ । उनि कृषि ज्ञान केन्द्र पर्वतबाट उत्कृष्ट कृषकको रुपमा विसं २०७५ मा पुरस्कृत भएका थिए । कृषि ज्ञान केन्द्रबाट एक लाख ९० हजारको अनुदानसमेत प्राप्त गरेको लालकुमारीले बताए ।

    पन्ध्र रोपनी जग्गा भाँडामा लिएर खेती गर्दै आउनुभएका उनले वार्षिक ५० हजार जग्गाको भाँडा मात्रै तिर्छन् । थोपा सिँचाइ प्रविधिको प्रयोग गर्दै आएका पुनले कृषिमा प्रविधिको प्रयोगसँगै बेमौसमी तरकारी उत्पादनमा सहज भएको बताए । अझै चार वटा टनेल थप्ने योजनामा रहेको पुनले बताए । तरकारी उत्पादन गर्नसके बजारको चिन्ता नरहेको उनको अनुभव छ ।

    पुनको अगुवाइमा कादेश कृषि सहकारी सञ्चालन, कृषि समूह दर्तालगायतका कार्य गरेको उनको भनाइ छ । बाँझो जग्गा उपयोग गरी महिला आत्मनिर्भर हुन आवश्यक रहेको उनले बताए। वार्षिकरुपमा लसुन, टमाटर, आलु, प्याज, बन्दा, काउलीलगायतका तरकारी खेतीसमेत उनले गर्दै आएका छन् ।

    यस्तै बस्नेतको फर्ममा तरकारीका साथसाथै बाख्रा पनि छन् । उनले प्रधानमन्त्री कृषि आधुनिककीकरण परियोजनामार्फत गण्डकी प्रदेश सरकारले हाइटेक टनेल निर्माण गर्न चार लाख अनुदान प्राप्त गरेको बरुले बताए । उनले विचौलियाको अन्त्य भएमा आफूजस्ता अरु कृषक पनि तरकारी व्यवसायमा लाग्ने बताए । तरकारी फर्ममा हालसम्म ३० लाख लगानी भइसकेको छ । उत्पादन भएको तरकारी बागलुङ बजार, गलकोट तथा बुर्तिवाङमा बिक्री हुँदै आएको छ । बजारको समस्या नभए पनि भनेजस्तो तरकारीले मूल्य नपाएको उनको गुनासो रहेको छ । उनले काउली, बन्दा तथा गोलभेँडाको नर्सरीमा बिरुवासमेत उत्पादन गरेका छन् । रासस

    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    सुनको मूल्य पुनः बढ्यो
    दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक
    तोलामा तीन सयले घट्यो सुनको मूल्य
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      ‎Tinder Dating New People On The App Store

    • २.
      Ashley Madison Review: Pros, Main Features And Cons Behind This Dating Website

    • ३.
      The Strategies Is Dependant On Trying Lesbian Relationships Big Lesbian Dating Site

    • ४.
      इलाम कारागारबाट थुनुवा फरार

    • ५.
      पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम

    • ६.
      11 Simple Ways To Know If Your Boyfriend Is On Dating Sites

    • ७.
      जसपाबा‌ट अशोक राई शिक्षा मन्त्री

    • १.
      गण्डकीमा ढल्यो एमाले नेतृत्वको सरकार, माओवादीका दुई मन्त्रीले दिए राजीनामा

    • २.
      बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक पाए विश्वासको मत

    • ३.
      रजनीकान्तको ‘बाबा’ले टुंग्याएको मनिषा कोइरालाको साउथ करियर

    • ४.
      गठबन्धन दलका कारण तनावमा प्रधानमन्त्री दाहाल !

    • ५.
      यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर

    • ६.
      दाङमा छोरा र श्रीमतीको कुटाइबाट श्रीमान्‌को मृत्यु

    • ७.
      थिएटरको भिजिबिलिटी राम्रो हुनुपर्छ

    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor : Rem BK

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.