• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement

कलंकी दुर्घटनामा ज्यान गुमाउने संख्या ३ पुग्यो

  •  मेन समाचार संवाददाता
  • २७ मंसिर २०७७, शनिबार १४:०९ प्रकाशित
    Advertisement

    काठमाडौँ । शुक्रबार साँझ कलंकी दुर्घटनामा परि मृत्यु हुनेको संख्या ३ पुगेको छ । नागढुंगाबाट कलंकीतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ ख १४३० नम्बरको ट्रक ब्रेक फेल भई भएको दुर्घटनामा थप दुई जनाको मृत्यु भएको हो ।

    शुक्रबार साँझ ओखलढुंगा घर भएका ३० बर्षीय शंकर परियारको घटनास्थलमै मृत्यु भएको थियो भने रञ्जित कुमार चौधरीको उपचारको क्रममा मृत्यु भएको थियो । शनिबार बिहान दुर्घटनाग्रस्त ट्रक निकाल्ने क्रममा किचिएको अवस्थामा थप एक जनाको शव फेला पारिएको प्रहरीले जनाएको छ ।

    यो सँगै ट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको हो । शनिबार फेला पारिएको शवको भने परिचय खुलेको छैन । महानगरिय ट्राफिक प्रहरी प्रभाग कलंकीका प्रहरी निरिक्षक पुरुषोत्तम कार्कीका अनुसार ब्रेक फेल भएको ट्रकले विभिन्न ६ वटा सवारी साधनलाई ठक्कर दिँदै घरभित्र छिरेको थियो । ट्रकको ठक्करबाट घरको वाल भत्किएको कारण अन्य मान्छे पनि पुरिएको हुनसक्ने बताइएको छ ।

    यस्तै दुर्घटनामा ३० वर्षीय गणेश शर्मा, २२ वर्षीय साजन खत्री, धादिङ घर भएका ३६ वर्षीय रामचन्द्र सिंखडा, कलंकी घर भएका सुजन मानन्धर, बानेश्वरका २४ वर्षीय विशाल श्रेष्ठ र कास्की घर भएकी सन्ध्या थिङ घाइते भएका छन् । उनीहरुको राजधानीका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    ब्रेक फेल भएको ट्रकको ठक्करबाट बा.२ ज २०४७ नम्बरको ट्याक्सी, बा.४च २२१ नम्बरको पिकअप भ्यान (डीआई), बा.४ख ३२५२ नम्बरको बस र बा.५१ प ४९५१ नम्बरको मोटरसाइकलमा क्षति पुगेको छ । त्यस्तै, प्रदेश ३–०२००६प १३४१ नम्बरको मोटरसाइकल र बा.४७ प २४५१ नम्बरको स्कुटरमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ ।

     

    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    मिटरब्याजी पीडितको न्यायका लागि रुलिङको माग
    फेरि निष्कर्षविहीन बन्याे सत्तारुढ गठबन्धनकाे बैठक
    मिटरब्याज समस्याविरुद्ध संयुक्तरुपमा लडौं – मुख्यमन्त्री यादव
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      समाजवादको आधार तयार पार्ने मुख्य जिम्मेवारी स्थानीय तहकै हो : प्रचण्ड (पूर्णपाठसहित)

    • २.
      गणतन्त्रमा राजावादी हुने छुट नागरिकलाई छैन ? – लिङ्देन

    • ३.
      मिटरब्याजी पीडितको न्यायका लागि रुलिङको माग

    • ४.
      सरकारले संसदमा गरिमा घटायो: रघुजी पन्त

    • ५.
      द्वन्द्व पीडित सुरक्षाकर्मी परिवारले गराए सभामुखको ध्यानाकर्षण

    • ६.
      वान टु वान छलफलमा प्रचण्ड माधव

    • ७.
      चोर बाटोबाट संसद् छिर्न तीन महिना नपुग्दै बारा–२ मा उपनिर्वाचनको षड्यन्त्र रचियो : सिके राउत

    • १.
      बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक पाए विश्वासको मत

    • २.
      गण्डकीमा ढल्यो एमाले नेतृत्वको सरकार, माओवादीका दुई मन्त्रीले दिए राजीनामा

    • ३.
      साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालको पहिलो जित

    • ४.
      यात्रु अभावले उडान बन्द

    • ५.
      यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर

    • ६.
      गठबन्धन दलका कारण तनावमा प्रधानमन्त्री दाहाल !

    • ७.
      अस्ट्रेलिया ओडीआई वरीयताको शीर्ष स्थानमा

    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor : Rem BK

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.