एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिय निर्वाचनको मत परिणामलाई अस्विकार गर्दै दायर गरेको मुद्धा खारेज भएको छ । अमेरिकाको सर्वोच्च अदालतले मुद्धाहरुमा पर्याप्त प्रमाण र आधारहरु नभएको भन्दै शुक्रबार ती मुद्धाहरु खारेज गरिदिएको हो ।
प्रमुख चार प्रतिस्पर्धात्मक राज्यहरूको चुनावी नतिजा खारेज गर्न ट्रम्पले गरेको मागलाई अदालतले अस्विकार गरिदिएको छ । जर्जिया, मिशिगन, पेन्सिल्भानिया र विस्कन्सिन राज्यको नतिजालाई अमान्य घोषणा गर्न यसै साता मुद्दा दायर गरिएको थियो ।
अदालतको यो आदेशले राष्ट्रपति ट्रम्पलाई फेरी अर्को धक्का दिएको छ । उनले गत नोभेम्बर ३ तारिखका दिन भएको निर्वाचनमा धाँधली भएको दाबी गर्दै आएका छन् । त्यसप्रति असन्तुष्टि जनाउदै उनले विभिन्न राज्यका अदालतहरुमा मुद्धा दायर गरेका थिए । राज्यका अदालतले ट्रम्पको मागलाई अस्वीकार गरेपछि उनि सर्वोच्च अदालत गएका थिए । सर्वोच्चले पनि राज्यका अदालतको फैसलालाई सदर गर्दै मुद्धा खारेज गरेको हो ।
प्रतिस्पर्धी जो बाइडेनले निर्वाचनमा जित हासिल गर्ने संकेत देखिए लगत्तै ट्रम्पले नतिजा अस्विकार गर्ने संकेत गरेका थिए । सबै अदालतहरुले उनको मागलाई अस्विकार गरेपछि अब पद हस्तान्तरण गर्नुबाहेक अन्य विकल्पको समाप्त भएको छ । ट्रम्पले आगमी जनवरी २० तारिखका दिन राष्ट्रपतिमा नवनिर्वाचित वाइडेनलाई पद हस्तान्तरण गर्नु पर्नेछ । रासस/एनएनआइ