• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement

७ सय ९९ एचआइभी संक्रमितले सेवन गर्दै एआरटी

  •  मेन समाचार संवाददाता
  • २८ मंसिर २०७७, आईतवार ०९:३६ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement

    डोटी । जिल्लामा ७९९ एचआइभी सङ्क्रमितले नियमितरूपमा एआरटी औषधि सेवन गर्न थालेका छन् । हालसम्म जिल्लामा कूल ९९४ सङ्क्रमित देखिएकामा अहिले नियमितरूपमा ७९९ जनाले एआरटी सेवन गरिरहेको पाइएको छ ।

    जिल्लामा विगतका वर्षहरुमा एचआइभी सङ्क्रमित आफू सङ्क्रमित भए पनि रोग लुकाएर बस्ने गरेकामा अहिले भने खुल्न थालेको बताइएको छ ।

    डोटीमा पछिल्लो समय सङ्क्रमितको सङ्ख्या बर्सेनि घट्न थालेको पाइएको छ । पछिल्लो चार वर्षको तथ्याङ्क हेर्ने हो भने डोटीमा सङ्क्रमित घट्न थालेको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले गरेको अध्ययनअनुसार डोटीमा पत्ता लागेका एचआइभी सङ्क्रमितमा कामका लागि भारत गएर फर्केका र उनीहरुका कारण घरमा श्रीमतीमा पनि एचआइभी देखिने गरेको पाइएको छ ।

    एआरटी सेवनका कारण आफूलाई निकै सहज भएको डोटीका सङ्क्रमित बताउँछन् । आर्थिक वर्ष २०७३÷७४ मा ४०, २०७४÷७५ मा ३५ र २०७५÷७६ मा २९ जना एचआइभी सङ्क्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले बताए । उनले भने, “अर्थाभावका कारण सङ्क्रमितको दैनिक जीवनयापनमा समस्या परिरहेको भए पनि उनीहरुको उपचारमा उल्लेख्य प्रगति भएका कारण सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ ।”

    एचआइभी सङ्क्रमित बढी हुने क्षेत्रमा सुदूरपश्चिम प्रदेशको डोटी तेस्रो जिल्ला हो । पहिलो कैलाली तथा दोस्रो जिल्लाका रूपमा अछाम पर्दै आएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार एचआइभीका कारण जिल्लामा १७२ जनाको मृत्यु भइसकेको छ ।

    राज्यले एचआइभी सङ्क्रमितका सवालमा केन्द्रित रहेर अहिलेसम्म पनि खासै ठोस कार्यक्रम ल्याउन नसक्दा जिल्लाका सङ्क्रमित दुःखमा पर्ने गरेको सङ्क्रमितहरुको जिल्लास्तरीय सञ्जाल लालीगुराँस एकता समाजका अध्यक्ष कमलादेवी मल्लले बताए । उनले भने, “हामीलाई राज्यका सबै क्षेत्रबाट बेवास्ता गरिएको छ, गाउँघरमा एचआइभी सङ्क्रमितका समस्या जस्ताका तस्तै छन्, सङ्क्रमितका समस्यामा ध्यान दिन जरुरी छ ।”

    पछिल्लो समयमा देशमा शासकीय संरचना परिवर्तन भएसँगै स्थानीय तहले बजेट निर्माणमा एचआइभी सङ्क्रमितका समस्यालाई सम्बोधन गर्न नसकेको पूर्वीचौकी गाउँपालिकाका एचआइभी सङ्क्रमित रमा कुँवरले बताए । उनले भने, “सङ्क्रमितले एआरटी सेवन गर्ने समयमा नियमित पौष्टिक आहार खानुपर्छ, हामीलाई दैनिक हातमुख जोर्न धौधौ छ, कहाँबाट पौष्टिक आहार खानु ।” जिल्लामा एचआइभी सङ्क्रमितको सङ्ख्या धेरै भएकाले उनीहरुका समस्या समाधानमा सबै क्षेत्रले ध्यान दिन आवश्यक रहेको एचआइभीको क्षेत्रमा कार्यरत संस्था सामुदायिक विकास मञ्चका लघु उद्यम विकास अधिकृत डिलबहादुर सिंहले बताए । उनले भने, “एचआइभी सङ्क्रमित कति छन् भनेर खोजी गर्नुभन्दा पनि सङ्क्रमितलाई कसरी बचाउने र घटाउने भन्ने विषयमा ध्यान दिएर सबै संस्थाले काम गर्न जरुरी छ ।”

    यहाँ एचआइभी सङ्क्रमणदर घट्दो क्रममा रहेको पाइएको छ । छिमेकी जिल्ला अछाममा आर्थिक वर्ष २०६५÷६६ मा २२२, आव २०६६÷६७ मा ९३, आव २०६७÷६८ मा १३०, आव २०६८÷६९ मा ९९, आव २०६९÷७० मा ८६, आव २०७०÷७१ मा ८१, आव २०७१÷७२ मा ७३, आव २०७२÷७३ मा ६६ र आव २०७३÷७४ मा ६७ नयाँ एचआइभी सङक्रमित भेटिएका जिल्ला स्वास्थ्य कार्यालय अछामको तथ्याङ्कमा उल्लेख गरिएको छ । उक्त तथ्याङ्कअनुसार अछाममा मात्रै हाल एक हजार ५६७ एचआइभी सङ्क्रमित पत्ता लागेका छन् । डोटीलगायतका अन्य जिल्लामा पत्ता लागेका एचआइभी सङ्क्रमित पछिल्लो समय निकै कमी भेटिएका कारण पुरानै सङ्क्रमित दोहोरिएर आउने गर्नाले बिरामीको सङ्ख्या बढी भएको हुनसक्ने जिल्ला स्वास्थ्य कार्यालयको दाबी छ ।रासस

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    भोलिदेखि ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोभिडविरुद्धको खोप
    ३ हजार ९१४ नमूना परीक्षण गर्दा २८ जनामा कोरोना पुष्टि
    एउटै परिवारका सदस्यमा हैजा पुष्टि
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      फतुवा विजयपुर नगरपालिकाका प्रमुखसहित २१ जनाविरुद्ध एक करोड ५३ लाख अनियमितता गरेको आरोपमा भ्रष्टाचार मुद्दा

    • २.
      खोटाङमा विद्यालय गएका छात्र खोलामा मृत फेला

    • ३.
      भोलि नयाँ मन्त्रीहरुको सपथ

    • ४.
      हेटौंडाको बजेट २ अर्ब ७१ करोड

    • ५.
      प्रधानमन्त्री देउवाद्वारा मन्त्रिपरिषद् पुनर्गठन, यी हुन् थपिएका मन्त्री

    • ६.
      नेपालका कम्युनिस्ट शक्तिहरुबीच फेरि एकताकालागि चीनको सक्रियता सुरु

    • ७.
      प्रेम आलेद्वारा राजीनामा घोषणा (तस्बिरहरु)

    • १.
      प्रहरी फन्दामा सेवाग्राहीमाथि अभद्र व्यवहार गर्ने नायब सुब्बा

    • २.
      ज्योतिराज राईको अध्यक्षतामा नयाँ समिति गठन

    • ३.
      नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने छु: मिस नेपाल वर्ल्ड प्रियंका रानी

    • ४.
      सौन्दर्य प्रतियोगिताको आडमा बलात्कार प्रकरण : मनोज पाण्डे पुर्पक्षका लागि जेल चलान

    • ५.
      भोलिदेखि ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोभिडविरुद्धको खोप

    • ६.
      दुबई राजपरिवारका सदस्यले गरे पोखराको भ्रमण, गरे प्रशंसा

    • ७.
      ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ का सात व्यवस्थाः प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीदेखि भ्रातृसंगठन र कार्यकर्तारहितसम्म

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.