• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

सार्वजनिक जग्गा ब्यक्तिको नाममा दर्ता, नियमन निकाय मौन

  •  मेन समाचार संवाददाता
  • २८ मंसिर २०७७, आईतवार १२:०१ प्रकाशित
    Advertisement
    Advertisement
    फाइल फोटो

    खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाको चिसापानी बजारमा रहेको सार्वजनिक जग्गा व्यक्तिले दर्ता गरेको पाइएको छ । गाउँपालिकाको प्रमुख व्यापारिक केन्द्रमा पर्ने वडा नं ५ चिसापानी बजार नजिकै रहेको सार्वजनिक जग्गा व्यक्तिले हडपेर निजी बनाएको खुलेको हो ।

    चिसापानी बजारभन्दा माथि रहेको करिब तीन रोपनी सार्वजनिक जग्गा चार व्यक्तिले आफ्नो नाममा दर्ता गरेको पाइएको छ । व्यक्तिको नाममा रहेको उक्त जमिनमा विसं २०३८ तिर नै चिसापानी बजारका स्थानीय बासिन्दाका लागि खानेपानीको ट्याङ्की बनाइएको थियो ।

    विसं २०४२ मा नापी टोलीमा आएका कर्मचारीसँग मिलेर स्थानीय सुक्रिम राई, प्रेमबहादुर बस्नेत र जग्गा नाप्न गएका दास थरका अमिनले आफ्नो नाममा दर्ता गरेको पाइएको गाउँपालिका प्रमुख शङ्करबहादुर राईले जानकारी दिए । “चिसापानी बजार क्षेत्रमा खानेपानीको ट्याङ्कीसमेत निर्माण गरिएको जग्गा कसैलाई जानकारी नै नदिई दर्ता गरेका रहेछन्”, उनले भने, “जग्गाधनी हुँ भन्दै सुक्रिम राईको छोरा शिवकुमार राईले स्काभेटर लगाउन आउँदा मात्र सो जग्गा व्यक्तिको नाममा दर्ता गरिएको रहेछ भन्ने थाहा भयो । यस विषयमा थप अनुसन्धान भइरहेको छ ।”

    भूमिसम्बन्धी ऐन २०२१ को परिच्छेद ७ को मोहीसम्बन्धी व्यवस्थाको दफा २५ को मोहीको हक प्राप्त हुने अवस्थाको १ अनुसार नेपाल सरकारको नाममा रहेको जग्गा व्यक्तिको नाममा दर्ता गरिएको पाइएको जनाइएको छ । विसं २०४२ मा आएकोे नापी कार्यालयमा दर्ता गर्न आएका कर्मचारीलाई प्रलोभनमा पारेर मिलेमतोमा सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरिएको गाउँपालिकाको जिकिर छ ।

    गाउँपालिका प्रमुख राईले मालपोत ऐन, २०३४ को परिच्छेद ७ को जग्गा आवाद गर्नेसम्बन्धी व्यवस्थाको दफा २४ को उपदफा १ अनुसार निज व्यक्तिहरुले कसुर गरेको भन्दै अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको जानकारी दिए । मालपोत ऐन, २०३४ को केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ मा व्यवस्था भएअनुसार उक्त जग्गाको विसं २०२१ मा उतारिएको ७ नम्बर फाँटवारीमा नेपाल सरकारको स्वामित्व देखिने भएकाले सो जग्गा व्यक्तिले हडप्न नमिल्ने गाउँपालिका प्रमुख राईको भनाइ छ ।

    स्थानीय सर्वसाधारण तथा चिसापानी बजारका बयोवृद्धहरुले समेत सो जग्गा कसैको भोगचलनमा नरहेको सरकारको नाममा खाली बाँझो चौरी रहेको बताएका छन् । उता तत्कालीन समयमा जग्गा आफ्नो नाममा दर्ता गर्नेहरुमध्येका प्रेमबहादुर बस्नेतले भने उक्त जग्गा सोही ठाउँमा बस्ने माथवरसिं राउतलाई बिक्री गरिसकेका छन् । राउतले सो जग्गा सरकारी नै रहेको थाहा भएकाले प्रक्रिया मिलाएर फिर्ता गर्ने बताएको गाउँपालिका प्रमुख राईले जानकारी दिए ।

    जग्गाको प्रकृति र पुरानो प्रमाणहरु बुझ्दा सो जग्गा सार्वजनिक नै ठहरिने देखिएको र त्यसबेला जालझेल गरेर व्यक्तिको नाममा दर्ता गरेको बुभिएकाले सो जग्गा फिर्ता गर्न राउत तयार भएका छन् । छ वडा रहेको उक्त गाउँपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने सार्वजनिक जग्गा खोजी गर्ने अभियान शुरु गरेको छ ।

    दश स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहले समेत आफ्नो क्षेत्रभित्र पर्ने सार्वजनिक जग्गा खोजीकार्य शुरु गरेका छन् । जिल्लाका अधिकांश स्थानीय तहमा रहेका गुठी तथा मठमन्दिरको नाममा रहेको सार्वजनिक जग्गा स्थानीय बासिन्दाले आफ्नो नाममा दर्ता गरेको पाइएको छ । रासस

    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    ८ सय ४३ जनामा सङ्क्रमण पुष्टि, २२६ डिस्चार्ज
    प्रचण्ड र माधव नेपालबीच भेटवार्ता
    त्रिकोणात्मक टी–२० सिरिजः नेदरल्याण्ड्सले नेपाललाई दियो १३७ रनको लक्ष्य
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      ८ सय ४३ जनामा सङ्क्रमण पुष्टि, २२६ डिस्चार्ज

    • २.
      विद्यालय बन्द गरि अनलाइन कक्षा संचालन गर्न सीसीएमसीको सिफारिस

    • ३.
      ‘फ्लोर क्रस’ गर्ने कर्णालीका सांसद एमालेको साधारण सदस्य समेत नरहने गरि निष्कासित

    • ४.
      प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

    • ५.
      त्रिकोणात्मक सिरिजः कुशल र आशिफ चम्किँदा नेपाल ९ विकेटले विजयी

    • ६.
      भारतबाट फर्किएका ५९ जनामा कोरोना सङ्क्रमण

    • ७.
      कल्याणपुर नगरपालिकाको तालाबन्दी नखुल्दा सेवाग्राही मारमा

    • १.
      नेपालमा नयाँ खालको कोभिड–१९ को भाइरस

    • २.
      सर्वसाधारण ‘झुक्याउने’ सरकारी सूचना, कोरोना बढ्दै गर्दा अन्योलमा अभिभावक

    • ३.
      खोटाङमा ‘हिरासत पुस्तकालय’ अभियान

    • ४.
      दोस्रो चरणको खोप वैशाख ७ देखिः कहिले कसको पालो ? खोप केन्द्र कहाँ ?

    • ५.
      सीसीएमसीको बैठकः कम्तिमा तीन साता शैक्षिक संस्था बन्द गर्न सरकारलाई सिफारिस

    • ६.
      शीतल कादम्बिनी अर्थात् सफल सर्जक

    • ७.
      प्रदेश सरकार संकटमा परेपछि गण्डकीका मुख्यमन्त्री गुरुङ काठमाडौँमा

    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    अनामनगर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.