• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement

सगरमाथा राष्ट्रिय निकुञ्जको राजश्व संकलनमा ह्रास

  •  मेन समाचार संवाददाता
  • २८ मंसिर २०७७, आईतवार १२:५४ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement

    काठमाडौँ । सगरमाथा राष्ट्रिय निकुञ्जका राजश्व सङ्कलनमा गिरावाट आएको छ । मुख्य मौसममा पर्यटकीय गतिविधि ठप्प हुँदा राजश्व सङ्कलनमा करिब ९९ प्रतिशतले गिरावट आएको निकुञ्जका सूचना अधिकारी पेम्बा शेर्पाले जानकारी दिए ।

    गत आवको पहिलो चौमासिकमा पर्यटक प्रवेश शुल्कबाट चार करोड २८ लाख ९८ हजार ५५३ र हेलिकप्टर अवतरण तथा वन पैदावर शुल्कबाट १५ लाख २४ हजार ६११ राजश्व सङ्कलन गरेको थियो । कार्यालयले चालू आवको सोही अवधिमा पर्यटक प्रवेश शुल्कबाट रु पाँच लाख १६ हजार ३५० र हेलिकप्टर अवतरण तथा वन पैदावर शुल्कबाट १८ हजार ३०६ रुपैयाँ २५ पैसा मात्रै सङ्कलन गरेको जनाएको छ ।

    निकुञ्जको मुख्य आम्दानी नै सगरमाथा क्षेत्र भ्रमणमा आएका विदेशी तथा स्वदेशी पर्यटकबाट लिने प्रवेश शुल्क र हेलिकप्टर अवतरण तथा वन पैदावर शुल्क हो । खुम्बु क्षेत्रका लागि वर्षमा दुईपटक चैत–जेठ र असोज–मङ्सिरलाई मुख्य पर्यटकीय मौसम मानिन्छ । यही मौसममा कोभिड– १९ को महामारी विश्वभरी फैलिएपछि नेपालमा पनि लकडाउनले पर्यटक आवागमन ठप्प बनाएको थियो ।

    निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायका अनुसार पर्यटकीय गतिविधि ठप्प हुँदा राजश्व सङ्कलनमा भारीमात्रामा गिरावट आएको हो । उनका अनुसार विदेशी पर्यटकबाट प्रतिपर्यटक तीन हजार प्रवेश शुल्क लिने गरेको छ भने सार्क मुलुकका नागरिकबाट एक हजार ५०० र एकपटक हेलिकप्टर अवतरण गरेबापत तीन हजार अवतरण शुल्क लिने गरेको छ ।

    विसं २०३२ मा स्थापना भएको निकुञ्ज ११४८ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ । यस राष्ट्रिय निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित छ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयु, ल्होत्सेसार, पुमोरी, आमादब्लम र थामसेर्कुलगायतका हिमचुचुरा छन् ।

    सन् १९७९ देखि निकुञ्ज विश्वसम्पदा सूचीमा सूचीकृत भएको थियो । निकुञ्जभित्र पर्ने गोक्यो र सम्बद्ध ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको छ ।

    यसैबीच राष्ट्रिय निकुञ्जको तथ्याङ्कअनुसार चालू आवको पहिलो चौमासिकमा ६८८ पर्यटकले निकुञ्ज क्षेत्रको भ्रमण गरेका छन् । कोरोना कहरका बीच चालू आवको साउन, भदौ, असोज र कात्तिक महिनामा १३३ विदेशी र ५५५ स्वदेशी पर्यटकले भ्रमण गरेको कार्यालयले जनाएको छ ।

    गत साउन र भदौमा शून्य बनेको पर्यटन गतिविधि असोजमा १४६ स्वदेशी तथा २५ विदेशी नागरिकले भ्रमण गरेका थिए भने कात्तिकमा ४०९ स्वदेशी तथा १०८ विदेशी पर्यटकले भ्रमण गरेका थिए । गत आवको पहिलो चौमासिकमा १७ हजार ५६६ विदेशी र ४८८ स्वदेशी गरी १८ हजार ५४ पर्यटकले निकुञ्जको भ्रमण गरेको कार्यालयले जनाएको छ । रासस

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    नेप्से परिसूचक ९४ अंकको उछाल
    न्यादीको विजुली राष्ट्रिय प्रणालीमा जोडियो, आयोजनाबाट व्यवसायिक विद्युत उत्पादन सुरु
    हरेक दिन नयाँ उचाइमा डलर
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      फतुवा विजयपुर नगरपालिकाका प्रमुखसहित २१ जनाविरुद्ध एक करोड ५३ लाख अनियमितता गरेको आरोपमा भ्रष्टाचार मुद्दा

    • २.
      खोटाङमा विद्यालय गएका छात्र खोलामा मृत फेला

    • ३.
      भोलि नयाँ मन्त्रीहरुको सपथ

    • ४.
      हेटौंडाको बजेट २ अर्ब ७१ करोड

    • ५.
      प्रधानमन्त्री देउवाद्वारा मन्त्रिपरिषद् पुनर्गठन, यी हुन् थपिएका मन्त्री

    • ६.
      नेपालका कम्युनिस्ट शक्तिहरुबीच फेरि एकताकालागि चीनको सक्रियता सुरु

    • ७.
      प्रेम आलेद्वारा राजीनामा घोषणा (तस्बिरहरु)

    • १.
      प्रहरी फन्दामा सेवाग्राहीमाथि अभद्र व्यवहार गर्ने नायब सुब्बा

    • २.
      ज्योतिराज राईको अध्यक्षतामा नयाँ समिति गठन

    • ३.
      नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने छु: मिस नेपाल वर्ल्ड प्रियंका रानी

    • ४.
      सौन्दर्य प्रतियोगिताको आडमा बलात्कार प्रकरण : मनोज पाण्डे पुर्पक्षका लागि जेल चलान

    • ५.
      भोलिदेखि ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोभिडविरुद्धको खोप

    • ६.
      दुबई राजपरिवारका सदस्यले गरे पोखराको भ्रमण, गरे प्रशंसा

    • ७.
      ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ का सात व्यवस्थाः प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीदेखि भ्रातृसंगठन र कार्यकर्तारहितसम्म

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.