काठमाडौँ । बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सफाई दिने न्यायधीश बिरुद्ध उजुरी दर्ता भएको छ । जिल्ला अदालत सुनसरीका न्यायधीश अर्जुनप्रसाद कोईरालाबिरुद्ध पीडित महिलाले उजुरी दिएकी हुन् ।
आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोप लागेका गिरिलाई मंसिर २२ गते जिल्ला अदालत सुनसरीले सफाई दिएको थियो । न्यायधीश कोइरालाले उनिमाथि लागेको अभियोग दाबी नठहर्ने भन्दै सफाइ दिएका थिए । अभियुक्तले सफाई पाएपछि पीडित महिलाले न्याय परिषदमा उजुरी दर्ता गराएकी हुन् ।
सिद्धबाबालाई सफाई दिने न्यायधीशको फैसला चौतर्फी विवादित बनेको थियो । जिल्ला सरकारी वकिल कार्यलयबाट पेशी हटाउन निवेदन पठाइएको भएतापनी नियोजित रुपमा निवेदन दर्ता नगरि एकतर्फी वहसपछि फैसला गरेको भन्दै न्यायधीशमाथि प्रश्न उठेको थियो ।