ललितपुर । ललितपुर महानगपालिका–१७ ग्वार्कोस्थित उज्ज्वल पेट्रोल पम्पमा आज साँझ आगलागी भएको छ ।
तेल झार्न आएको ट्याङ्कर नै तातेर एक्कासी आगलागी भएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) किरण बज्राचार्यले आगलागी भएको सूचना पाउनासाथ आफूहरु र दमकल गएर नियन्त्रण गरेको जानकारी गराएका छन् ।
एसएसपी बज्राचार्यले पम्पमा क्षति नभएको र डराउनुपर्ने अवस्था नरहेको जानकारी दिएका छन् । रासस