• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी

शिक्षक र विद्यार्थीमा सङ्क्रमण देखिएपछि कर्णालीका विद्यालय बन्द

  •  मेन समाचार संवाददाता
  • २९ मंसिर २०७७, सोमबार १०:३६ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement

     कर्णाली । नेपाल सरकारले विद्यालय खोल्न अनुमति दिएसँगै कर्णालीमा पनि धमाधम विद्यालय खोलिए । नौ महिनापछि खोलिएका विद्यालय तीन सातासम्म राम्रैसँग सञ्चालनमा आए । विद्यालय खोलिएको एक महिना नपुग्दै विद्यालयमा कोरोना सङ्क्रमण देखिएपछि पुनः बन्द हुन थालेका छन् ।

    कर्णाली प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा १७ शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द हुने अवस्था आएको हो । कोरोनाको पिसीआर रिपोर्टअनुसार आज एक विद्यालयका ११ सहित सुर्खेतमा १७ शिक्षकमा कोरोना सङ्क्रमण देखिँदा विद्यालय बन्द हुने क्रममा गएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले जानकारी दिएका छन् ।

    उनका अनुसार सोमबार आएको रिपोर्टमा जिल्लास्थित १७ शिक्षकलाई लक्षणसहितको सङ्क्रमण देखिएको छ । उनिहरु होम आइशोलेशनमा रहेको उनले बताएका छन् । विद्यालयका चार विद्यार्थीमा समेत कोरोना सङ्क्रमण पुष्टि भएको वाग्लेले बताए ।

    कोरोना सङ्क्रमण पुष्टि भएका शिक्षकमध्ये सुर्खेत पञ्चपुरी नगरपालिकाको सूर्यप्रकाश माध्यमिक विद्यालय पलैटेका ११ शिक्षक रहेको उक्त नगरपालिकाका नगर स्वास्थ्य शाखा प्रमुख गङ्गादेव पुरीले बताउनुभयो । त्यस्तै सोही नगरपालिकाको विद्याज्योति माध्यमिक विद्यालय बाबियाचौरका दुई शिक्षकलाई पनि सङ्क्रमण देखिएको छ ।

    दुई विद्यालयका ३९ शिक्षकको पिसीआर परीक्षण गर्दा १३ शिक्षकको रिपोर्ट पोजेटिभ आएको उनले बताए । उनका अनुसार कोरोना सङ्क्रमण देखिएका शिक्षकको लक्षण कोरोनासँग मिल्दोजुल्दो देखिएपछि उनीहरुको पीसीआर परीक्षण गरिएको थियो । त्यसैगरी गुर्भाकोट नगरपालिका सुर्खेतको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका दुई र जनसेवा आधारभूत विद्यालयका एक शिक्षकमा पनि कोरोना सङ्क्रमण देखिएको नगरपालिकाका नगर शिक्षा प्रमुख पदम विकले बताए । शिक्षकमा कोरोना देखिएकाले विद्यालय बन्द गरिएको नगर शिक्षा प्रमुख विकले बताएका छन् ।

    पञ्चपुरी नगरपालिकाले शिक्षकमा कोरोना सङ्क्रमण नेगेटिभ नआउञ्जेलसम्मका लागि एकसाता बन्द विद्यालय बन्द हुने बताएको छ । सङ्क्रमित शिक्षकको कन्ट्याक्ट ट्रेसिङ गरेर रिपोर्ट आएपछि विद्यालय खोल्ने वा नखोल्ने पछि निर्णय गरिने कोरोना प्रभावित नगरपालिकाले जानकारी दिएका छन् ।

    एक महिनाअघि हुम्ला नाम्खा र ताजाकोट गाउँपालिकाका विद्यालयमा शिक्षक तथा विद्यार्थीमा कोरोना सङ्क्रमण देखिँदा अहिले हुम्लाका विद्यालय बन्द भएको र माघ १५ पछि मात्र खोल्ने शिक्षा विकास तथा समन्वय एकाइ हुम्लाका प्रमुख विष्णुबहादुर शाहीले जानकारी दिएका छन् । यता सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य शिक्षा शाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले आज १७ शिक्षक, पाँच स्वास्थ्यकर्मी र चार विद्यार्थीसहित ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको बताएका छन् । ४४ थपिएसँगै कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या सात हजार १०६ पुगेको छ ।

    उनका अनुसार आजै २५ जना कोरोना सङ्क्रमण जितेर घर फर्केका छन् । यससँगै कोरोना जितेर घर फर्कनेको सङ्ख्या कर्णालीमा छ हजार ६३२ पुगेको छ । तीन सय १३ सङ्क्रमित आइसोलेसनमा रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । रासस

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    प्रहरी प्रशासनकै सेटिङमा तस्करी : दिनभरि भण्डारण, रातभरि ढुवानी
    नर्भिक हस्पिटलको काठमाडौं महानगरलाई जवाफ– संरचना भत्काउँदैनौँ, जग्गा खाली गर्दैनौँ
    ३३ देशका १३३ जना नागरिक नेपालबाट निकालिए, सबैभन्दा बढी चिनियाँ र अमेरिकी
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      मतदाता नामावलीमा दाबी बिरोधका लागि आयोगले दियो समय

    • २.
      आगलागीबाट घर जलेर नष्ट लमजुङमा

    • ३.
      केन्याबिरुद्द नेपाली टिम घोषणा, ज्ञानेन्द्रको पुनरागमन

    • ४.
      आन्दोलनमा उत्रिए अस्पताल खारेज गर्ने निर्णय विरुद्ध नागरिक समाज

    • ५.
      अछामका १० वटा पालिकाको वार्षिक राजश्व ६ करोड

    • ६.
      सुर्खेतमा १३२ केभी लाइन विस्तारमा समस्या

    • ७.
      एउटै गठबन्धनमा संघीयता विरोधी र पक्षधरः प्रदीप ज्ञवाली

    • १.
      ती फिल्मनिर्माताः जसले जातकै कारण प्रेमिकालाई आत्महत्या गर्न र छोरालाई वेवारिशे हुन बाध्य बनाए

    • २.
      चलचित्र ‘चपली हाइट ३’ तेस्रोपटक किन रिलिज हुँदैछ

    • ३.
      मूल्य नघटाउने भन्दै आयल निगमले देखायो मासिक १ अर्ब २७ करोड घाटा

    • ४.
      नियमविपरित एनआरएनए सिइओ नियुक्ति भएको आरोप, पाँच सय प्रतिशत तलब भत्ता वृद्धि

    • ५.
      स्ट्राइकर सावित्रा भण्डारी केरेलाबाट एएफसी वेमन्स क्लब च्याम्पियनसिप खेल्न भारत प्रस्थान

    • ६.
      अन्जन र तेजलाई थप गर्दै प्रशिक्षक अब्दुल्लाहले २६ खेलाडीलाई प्रशिक्षणमा बोलाए

    • ७.
      हास्य कलाकार घनश्यामको ‘लुटतन्त्र’

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.