एजेन्सी । स्पेनिस लालिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना विजयी भएको छ । बार्सिलोनाले घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा लेभान्टेबिरुद्ध १–० गोलले विजय हाँसिल गरेको हो ।
बार्सीलोनाको जितमा लियोनल मेस्सीले गोल गरे । उनले ७६ औँ मिनेटमा डि जोङको पासमा गोल गरेका हुन् ।
लेभान्तेका गोलकिपर एटोर फर्नान्डेजले उत्कृष्ट प्रर्दशन गर्दै बार्सिलोनालाई निराश बनाएका थिए ।बार्सिलोनाले लिगमा पाँचौ जित दर्ता गरेको हो । उसले तालिकामा दुई स्थान सुधार गरेको छ ।
गत हप्ता कार्डिजसंग पराजित बनेको बार्सिलोनाले च्याम्पियन्स लिगमा समेत युभेन्ट्ससंग ३–० को पराजय भोगेको थियो । युभेन्ट्ससंगको हारले बार्सिलोना समूह उप विजेताको रुपमा च्याम्पियन्स लिगको नकआउट चरण प्रवेश गरेको थियो ।
लियोनल मेस्सीले यस सिजन ९ गोल पुरा गर्दा लेभान्ते तालिकाको १८ औं स्थानमा रहेको छ ।