• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

त्रिशूली अस्पतालमा कोरोना सङ्क्रमित महिलाले शिशु जन्माइन्

  •  मेन समाचार संवाददाता
  • २९ मंसिर २०७७, सोमबार १२:१९ प्रकाशित
    Advertisement
    प्रतिकात्मक तस्वीर

    नुवाकोट । त्रिशूली अस्पताल नुवाकोटले कोभिड–१९ सङ्क्रमित एक महिलालाई प्रसूति सेवा प्रदान गरेको छ । तारकेश्वर गाउँपालिका–६ निवासी २१ वर्षीया महिलालाई अस्पतालले सेवा प्रदान गरेको हो । ती महिलाले आइतबार अस्पतालमा नवजात शिशुलाई जन्म दिएकी थिइन् ।

    व्यक्तिगत सुरक्षा कवचसहितको सावधानी अपनाएर प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा सुनिता केसी र नर्स सुमित्रा न्यौपानेले ती महिलालाई प्रसूति सेवा उपलब्ध गराएका थिए । ती सङ्क्रमित महिलाका लागि अलग ‘विशेष आइसोलेशन’ कक्ष तयार गरेर सुत्केरी सेवा उपलब्ध गराइएको थियो ।

    कोरोना सङ्क्रमितको उपचारका लागि अस्पतालमा क्लिनिक सेवा भए पनि सङ्क्रमितको स्वास्थ्यमा समस्या देखिए पछि काठमाडौँमा पठाइने गरिएको थियो ।

    “कोरोना सङ्क्रमित भएका गर्भवतीको नियमित जाँच तथा परीक्षणको सेवा उपलब्ध गराइँदै आए पनि गर्भवतीमा सङ्क्रमण देखिएको सेवाग्राहीलाई सुत्केरी सेवा दिइएको यो पहिलो पटक हो ”, चिकित्सक केसीले भने ,“अस्पतालमा हाल उपचारारका लागि अलग आइसोलेशन नभए पनि विशेष आइसोलेशन तयार गरेर सामान्य अवस्थामा नै उहाँ सङ्क्रमित महिलालाई सुत्केरी गराएका हौँ ।”

    सेवाग्राहीको वृद्धि

    अस्पतालमा गर्भवती परीक्षण र सुत्केरी सेवा लिन आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । अस्पताल विकास समितिका अध्यक्ष अजुर्नप्रसाद न्यौपानेका अनुसार कोभिड–१९को सङ्क्रमण शुरु हुनुपूर्व अस्पतालमा सुत्केरी सेवा लिनेको सङ्ख्या ५०–६० को हाराहारीमा हुने गरेकामा हाल सो सङ्ख्या २०० नाघ्न थालेको छ ।

    काठमाडाँैमा गर्भवती जाँच गराउँदै आएका जिल्ला फर्किएसँगै परीक्षण गराउनेको दर पनि बढेको जनाइएको छ । “कोरोनाको जोखिमको कारण फोनमार्फत चिकित्सकसँग परामर्श लिन आग्रह गर्दै आएका छौँ ”, अस्पतालका अध्यक्ष न्यौपानेले भने,“चिकित्सकका परामर्शको आधारमा आवश्यक परेमा मात्र अस्पताल बोलाउदा दैनिक गर्भवती जाँच गर्नेको सङ्ख्या बढ्दो छ ।”

    अर्कातर्फ अस्पतालले पछिल्लो एक वर्षदेखि प्रसूति तथा स्त्रीरोग विशेषज्ञमार्फत सेवा उपलब्ध गराउन शुरुआत गरेसँगै सेवाग्राहीको सङ्ख्यामा वृद्धि भएको हो ।

    यसैबीच अस्पतालले यस साताभित्रै सघन उपचार कक्ष ९आइसियू० सेवा शुरुआत गर्ने भएको छ । अस्पतालको स्तरवृद्धि गरी ५० श्यया पु¥याइएको छ । यससँगै दश श्ययाको सघन उपचार कक्ष सञ्चालनका लागि तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ । रासस

    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    गणनास्थलमा प्रतिनिधिनको नक्कली कार्ड बनाएर छिरेका दुईजना पक्राउ
    सर्लाहीको हरिवनको मेयरमा माओवादीका बुडाथोकी र उपमेयरमा एमालेकी घलान विजयी
    साँफेबगरमा आज मतदान
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      Memphis Chat , Free online dating

    • २.
      बागमती प्रदेश सरकारद्वारा बजेट अधिवेशन आह्वान

    • ३.
      संसद बैठक सुरु, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी

    • ४.
      काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

    • ५.
      गणनास्थलमा प्रतिनिधिनको नक्कली कार्ड बनाएर छिरेका दुईजना पक्राउ

    • ६.
      एमालेका १० हजार ६०९ जना जनप्रतिनिधि निर्वाचित स्थानीय निर्वाचानमा

    • ७.
      जो दोहोरिएर चुनाव लड्दा पराजित भए

    • १.
      यस्तो छ भरतपुर महानगरपालिकाको पछिल्लो अपडेट

    • २.
      दुई वडामा एमाले प्यानलै विजयी चितवनमा

    • ३.
      बालेन शाह केशव स्थापितभन्दा दोब्बर मतले अगाडि

    • ४.
      अग्रता बढाउँदै लगे बालेनले काठमाडौं महानगरपालिकामा

    • ५.
      राप्रपाको हैसियतमा सुधार, अहिलेसम्म जित्यो १८ वडाध्यक्ष

    • ६.
      नेपाल र भारतबीच ६ वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर

    • ७.
      पुन: रेनुले बढाइन् मतान्तर भरतपुरमा

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.