काठमाडौँ । राजधानीको शान्तिनगरस्थित सुकुम्बासी बस्तीमा आगलागी भएको छ ।
प्रहरीका अनुसार ग्याँस लिक भएर एक घरबाट शुरु भएको आगलागीले भीषण रुप लिएको हो ।
एउटा घरबाट शुरु भएको आगलागी अन्य घरमा समेत सल्किएको छ ।
आगो निभाउनका लागि दमकल र सुरक्षाकर्मीहरु उक्त बस्तीमा पुगिसकेका छन् । घटनको थप विवरण आउन बाँकी छ ।