काठमाडौँ । देशभर थप ८२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार रातिदेखि सोमबार अपराह्नसम्मको समयमा गरिएको नमुना परिक्षणमा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ५ हजार ४२३ नमुना परिक्षण भएको थियो । जसमध्य ३१७ जना महिला र ५०४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४९ हजार २४४ पुगेको छ ।
सोमबार नै कोरोना सँक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेको संख्या १ हजार ७१६ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
त्यस्तै बितेको २४ घण्टामा ८४२ संक्रमितहरु निको भएका छन् । हालसम्म २ लाख ३६ हजार ५७३ जना कोरोना संक्रमितहरु निको भएका छन् ।
सोमबारसम्म देशभर १० हजार ९५५ सक्रिय संक्रमितहरु रहेको मन्त्रालयले जनाएको छ ।
सरकारले हालसम्म १८ लाख ३६ हजार ४६४ नमुनाको पिसिआर परिक्षण गरेको जानकारी दिएको छ भने ४७१ जना क्वारेन्टाइनमा रहेको बताइएको छ ।
मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९४.४ प्रतिशत रहेको छ ।