काठमाडौँ । नेपालसहित विश्वभर युट्युवलगायत गुगलको विभिन्न संजालहरुमा समस्या आएको छ ।
सोमबार साँझ केहिबेर युट्युब लगायतका सर्भरमा समस्या आएको हो । प्रयोगकर्ताहरुका अनुसार सोमबार युट्युबलगायत गुगल, जिमेल लगायतका अन्य संजालहरुमा पनि समस्या आएको छ । प्रयोगकर्ताहरुले यसको विषयमा सामाजिक संजालमा विभिन्न टिकाटिप्पणी समेत गरेका छन् ।
युट्युबले यसबारेमा आफुहरु जानकार रहेको र चाँडै समस्याको समाधान हुने जानकारी गराएको छ ।
We are aware that many of you are having issues accessing YouTube right now – our team is aware and looking into it. We’ll update you here as soon as we have more news.
— TeamYouTube (@TeamYouTube) December 14, 2020
सुचना जारि गरेको केही समयमा नै युट्युमा देखिएको समस्या समाधान भइसकेको छ ।