• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

दोस्रो विवाहको निर्णय गरेपछि मनोज गजुरेललाई पूर्वपत्नीबाट तनाव

"मनोज गजुरेल पूर्वपत्नीबिरुद्ध कानुनी उपचारमा जाने भएका छन्  "
  •  मेन समाचार संवाददाता
  • ३० मंसिर २०७७, मंगलवार १३:१४ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    काठमाडौँ । चर्चित हास्यकलाकार मनोज गजुरेलले आफु पूर्वपत्नीबाट मानसिक रुपमा प्रताडित बनेको खुलासा गरेका छन् । उनले सामाजिक संजालमार्फत कानुनी रुपमा अलग भइसक्दा पनि पूर्वपत्नी आफुबिरुद्ध गालीबेइज्जतीमा उत्रिएको र विभिन्न किसिमका मानसिक तनाव दिन थालेको बताएका हुन् ।

    उनले पूर्वपत्नीले विभिन्न माध्यमहरुबाट आफुमाथि बारम्बार गालीबेइज्जती गर्ने क्रम नरोकिएको जानकारी दिएका छन् । आफु सार्वजनिक रुपमा जिम्मेवार नागरिक र दुई सन्तानको जिम्मेवार वहन गर्दै आइरहेको कारण दोस्रो पक्षबाट आउने हरेक किसिमका गालीबेइज्जती सहँदै आएको समेत बताएका छन् ।

    तर, गालीबेइज्जतीको श्रृंखला अनावश्यक रुपमा बढ्दै गइरहेको र यसले परिवारमा पनि असर पार्न थालेको कारण कानुनी उपचारमा जाने गजुरेलले उद्घोष गरेका छन् । ‘सकिएको सम्बन्धको आधारहीन आरोप र प्रत्यारोपले मेरा छोराछोरीलाई धेरै ठुलो असर गर्न थालेको महसुस हुँदैछ । मेरो चरित्रमाथी खेलवाड भएको ठान्दैछु । अब मैले अदालतमा बुझाउन आवस्यक नठानेको मेरो डिभोर्सको कारण र प्रमाणलाई अब सार्वजानिक गर्न बाध्य हुँदै गएको ठान्दैछु’, गजुरेलले फेसबुकमा लेखेका छन्, ‘सहनुको सिमा कटेपछी कानुनी उपचारको बाटो अपनाउनुको विकल्प नरहेको टुंगोमा पुगेको छु ।’

    प्रिय साथी, शुभचिन्तक तथा दाजुभाइ दिदी बहिनीहरु ! सामाजिक सन्जालमा मेरो बारेमा आएका अन्टसन्ट टीका टिप्पणीलाई लिएर मेरो…

    Posted by Manoj Gajurel on Monday, December 14, 2020

    गजुरेलले केही दिन अघि आफुले दोस्रो विवाह गर्न लागेको कुरा सार्वजनिक गरेका थिए । उनले कहिले र कोसँग गर्ने भन्ने बारेमा भने केही खुलाएका थिएनन् । उनको पूर्वपत्नी मीना ढकालसँग तीन बर्ष अघि नै डिभोर्स भइसकेको थियो । कानुनी रुपमा अलग्गै भएपछि उनले विवाहको योजना बनाएका थिए । विवाहको कुरा सार्वजनिक भएपछि उनलाई उनकी पूर्वपत्नीले मानसिक रुपमा तनाव दिएको बताइएको छ ।

     

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    धादिङ्गका सञ्चारकर्मी धमेन्द्र श्रेष्ठद्वारा आत्महत्या !
    फागुन २६ गतेसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित
    संसदभित्र काँग्रेसको नाराबाजी, १० मिनेटका लागि बैठक स्थगित
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      साउदी नेतृत्वको गठबन्धनद्वारा यमनमा हवाई आक्रमण

    • २.
      अफगान सेना र तालिवान लडाकुबीच भिडण्त, ८ प्रहरी र ५ तालिवान लडाकुको मृत्यु

    • ३.
      ब्राजिलमा कोरोनाका कारण एकै दिनमा १५ सयको मृत्यु

    • ४.
      टी २० क्रिकेटः अस्ट्रेलिया विरुद्धको शृंखला न्यूजील्यान्डले जित्यो

    • ५.
      संसदलाई पुनःक्रियाशील तुल्याउन योगदान गरेका सबैमा सभामुखको बधाई

    • ६.
      मान्छे बेल्जियममा, जग्गा अर्कैका नाममा

    • ७.
      धादिङ्गका सञ्चारकर्मी धमेन्द्र श्रेष्ठद्वारा आत्महत्या !

    • १.
      विप्लव समूहले शान्तिपूर्ण राजनीति गर्ने,भोली विप्लव र प्रधानमन्त्रीले एउटै मञ्चबाट सम्बोधन गर्ने

    • २.
      धादिङ्गका सञ्चारकर्मी धमेन्द्र श्रेष्ठद्वारा आत्महत्या !

    • ३.
      लेटमिइन मिसेस ब्यूटी क्वीनको ताज रश्मिलाई

    • ४.
      युद्धको अन्त्य कसैले गर्छ भने त्यो कम्युनिष्टले मात्रै गर्छ-‘विप्लव’ (सम्बोधनको पूर्णपाठ र भिडियो सहित)

    • ५.
      भूमिगत राजनीतिको दुई बर्षपछि सार्वजनिक हुँदै नेत्रविक्रम चन्द ‘विप्लव’

    • ६.
      पोखरा प्रज्ञा प्रतिष्ठानका नवनियुक्त कुलपतिसहित सदस्यहरुले लिए सपथ

    • ७.
      सरकार र विप्लव नेकपाबीच तीन बुँदे सहमति

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.