• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

राष्ट्रपतिद्वारा पशुपतिनाथमा क्षमासहित विशेष पूजा

  •  मेन समाचार संवाददाता
  • ३० मंसिर २०७७, मंगलवार १३:२७ प्रकाशित
    Advertisement
    फाइल फाेटाे

    काठमाडौँ । भक्तजनका लागि नौ महिनासम्म बन्द पशुपतिनाथ मन्दिर बुधबारदेखि खुलाउन राष्ट्रपति विद्यादेवी भण्डारीले मन्दिर परिसरमा क्षमासहित विशेष पूजा गरेकी छन् । प्राचीनकालदेखि नियमितरुपमा हुँदै आएको भक्तजनको प्रवेश विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्द गर्न बाध्य भएपछि क्षमा माग्न आज बिहान राष्ट्रपति भण्डारीले पूजा गरेकी हुन् ।

    सो अवसरमा पशुपतिनाथ मूल मन्दिरमा कोषका तर्फबाट विशेष पूजासहित सवा लाख दीप प्रज्वलनसमेत गरिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले बताए । यसैगरी पशुपति मूल मन्दिर परिसरका वासुकीनाथ, जलनारायण, लालगणेश, सूर्यनारायण, कीर्तिमुख भैरव, उन्मत्त भैरव, अष्टमातृका, नवग्रह, हनुमान, सत्यनारायणको समेत पूजाआराधना गरिएको छ । पशुपतिनाथ मन्दिर स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गते बुधबारदेखि खोल्न लागिएको कोषका सदस्यसचिव डा. प्रदीप ढकालले जानकारी दिए ।

    पहिलो चरणमा पुस १ गतेदेखि मन्दिरको पश्चिम ढोकाबाट भक्तजनलाई प्रवेश गराई दर्शनपछि पश्चिम ढोकाबाट नै बाहिर निस्कने व्यवस्था गरिएको छ । मन्दिर प्रवेश गर्ने भक्तजनले अनिवार्यरुपमा मास्क लगाउनुपर्ने छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बनाएको मापदण्ड पूर्णरुपमा पालना गरी भक्तजनलाई दुई मिटरको दूरीमा राखेर दर्शन गराइनेछ । मन्दिर बुधबारदेखि खुले पनि रसिद काटेर हुने विशेष पूजा, भजनलगायत क्रियाकलाप भने तत्काल शुरु हुने छैन ।

    पहिलो चरणमा परीक्षणका रुपमा बिहान ६ देखि मध्याह्न १२ बजेसम्म मन्दिर खुला गरिने कोषाध्यक्ष डा. थापाले बताए । नौ महिनादेखि मन्दिर बन्द हुँदा दर्शन गर्न नपाएको जनाउँदै विश्व हिन्दू महासङ्घको नेतृत्वमा विभिन्न धार्मिक संस्थाले पशुपति क्षेत्रमा साङ्केतिकरुपमा विरोध प्रदर्शन गर्दै आएका थिए । पशुपतिनाथ मन्दिर खोल्नुपर्ने माग गर्दै आएका संस्थाले पनि आज अपराह्न पशुपति प्राङ्गणमा विशेष पूजाआराधना गर्ने तयारी गरेका छन् ।

    लामो समयपछि मन्दिर खोल्न लागिएको र कोरोनाको त्रास कायमै रहेकाले पशुपति क्षेत्रमा विशेष सुरक्षा सतर्कता अपनाउन लागिएको पनि कोषले जनाएको छ । यसका लागि सबै सुरक्षा निकायलाई राखेर बैठक गरिएको जनाइएको छ ।

    चैतदेखि नै पशुपति क्षेत्रमा धार्मिक पर्यटकसमेत आएका छैनन् । मन्दिर नखुल्दा फूलप्रसाद बेच्न राखिएका पसल पनि नौ महिनादेखि बन्द रहँदा कोषलाई करीब ७० करोड घाटा लागेको कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले बताए ।

    नौ महिनासम्म पनि पशुपति क्षेत्रमा नित्य पूजा, आरती, भोग एवं घाट सेवाका काम भने पूर्ववत् सञ्चालन भएको थियो । महामारीलगायत कारण यति लामो समय मन्दिर बन्द रहेको इतिहास वंशावलीलगायत ग्रन्थमा नपाइएको पशुपति क्षेत्रकै विषयमा विद्यावारिधि शोध गर्नुभएका कोषका पूर्वसदस्य सचिव डा गोविन्द टण्डनले बताए ।

    कोषले बुधबारदेखि पशुपतिनाथ मन्दिर दर्शन गर्न चाहने भक्तजनलाई अनिवार्यरुपमा मास्क लगाएर आउन आह्वान गरेको छ । भीडभाड नगरी दर्शन गरेर फर्कन पनि कोषले अनुरोध गरेको छ ।रासस

    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    धारिलो हतियार प्रहार गरी बाबु-छोराको हत्या, तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान गरिँदै
    गण्डकीमा एमालेले कांग्रेसलाई बराबरीमा रोक्यो
    लण्डनमा शिक्षामन्त्री पौडेल
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      रोहितले छाडे पर्सिजा जाकार्ता, भन्छन्- असल मान्छे बनायो

    • २.
      धारिलो हतियार प्रहार गरी बाबु-छोराको हत्या, तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान गरिँदै

    • ३.
      बिरामी बाेकेको एम्बुलेन्स दुर्घटना, तीन जना घाइते

    • ४.
      निर्वाचित भएका जनप्रतिनिधिहरूका थरीथरीका घोषणाहरू सार्वजानिक हुन थाले

    • ५.
      मकवानपुरमा लागूऔषधसहित तीनजना पक्राउ

    • ६.
      गण्डकीमा एमालेले कांग्रेसलाई बराबरीमा रोक्यो

    • ७.
      डाक्नेश्वरीको प्रमुख र उपप्रमुखमा एमाले विजयी

    • १.
      यस्तो छ भरतपुर महानगरपालिकाको पछिल्लो अपडेट

    • २.
      नेपाल र भारतबीच ६ वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर

    • ३.
      पुन: रेनुले बढाइन् मतान्तर भरतपुरमा

    • ४.
      नेपाल ट्यालेन्ट हन्टको अडिसन खुल्ला, ५० लाख जित्ने अवसर

    • ५.
      गठबन्धनलाई हराउँदै एमालेको जित घिरिङ गाउँपालिकामा

    • ६.
      जो दोहोरिएर चुनाव लड्दा पराजित भए

    • ७.
      झलनाथको निर्वाचन क्षेत्रमा गठबन्धनलाई हराउँदै एमालेका थेबेले बने गाउँपालिका अध्यक्ष

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.