काठमाडौँ । नेपालमा थप ९३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले मंगलबार दिएको जानकारी अनुुसार बितेको २४ घण्टामा ५८५ जना पुरुष र ३५१ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५० हजार १८० पुगेको छ । त्यस्तै बितेको २४ घण्टामा १९९६ जना संक्रमित निको भएका छन् । हाल संक्रमित भन्दा निको हुनेको संख्या दिनानुदिन बढ्दै गइरहेको मन्त्रालयले जनाएको छ ।
निको हुनेको कुल संख्या २ लाख ३८ हजार ५६९ रहेको छ । हाल देशभर ९ हजार ८८१ सक्रिय संक्रमित रहेका छन् ।
मंगलबार नै कोरोना संक्रमणको कारण १४ जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेको कुल संख्या १ हजार ७३० पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
सरकारले हालसम्म १८ लाख ४३ हजार ५९१ जनामा पिसीआर परिक्षण गरेको छ । जसमध्य हाल ४५७ जना क्वारेन्टाइनमा रहेको जनाइएको छ ।