काठमाडौं । बीबीसीबाट प्रसारण हुने विश्वकै प्रतिष्ठित टिभी रियालिटी शो ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स २०२० यूके’ मा नेपालका सन्तोष साहको शीर्ष चारमा पुग्न सफल भएका छन् ।
हाल लण्डनमा रहेका ३५ वर्षीय साह सिरहाको कर्जन्हाका जन्मीएका हुन् ।
मंगलबार राति ‘बीबीसी वान’ टेलिभिजनमा प्रशारित फाइनल चरणको पहिलो समूहबाट शीर्ष चारमा पुग्न सफल भएका हुन् ।
२० वर्षदेखि सञ्चालनमा रहेको उक्त प्रतियोगिताको शिर्ष चारमा पुग्ने सन्तोष पहिलो नेपाली हुन् ।
शिर्ष चारमा प्रवेशका लागि उनले कोदोको खिर बनाएका थिए । हरेक चरणमा नेपाली परिकार बनाउँदै आएका उनले आँपको कुल्फी र आँपको ‘अमौरा’ पनि बनाएर निर्णयकलाई पस्किएका थिए
सन् २०१० को अन्त्यतिर ‘वर्क पर्मिट’मा लन्डन पुगेका उनी करिब १० वर्षको मेहनत र लगनशीलतापछि ‘मास्टर सेफ प्रोफेसनल्स २०२० यूके’ शिर्ष चारमा पुगेका हुन् ।