काठमाडौँ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको संवैधानिक परिषद ऐन संसोधन अध्यादेश विरुद्ध सर्वोच्चमा रिट परेको छ । बुधबार अधिवक्ता ओमप्रकाश अर्यालले अध्यादेशविरुद्ध सर्वोच्चमा रिट दायर गरेका हुन् ।
अर्यालको रिट दर्ता भने भइसकेको छैन । रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री, मन्त्रिपरिषद्, संवैधानिक परिषदका सदस्यहरुलाई विपक्षी बनाएको छ । रिटमा प्रधानन्यायधीशलाइ पनि विपक्षी बनाइएकाे छ ।
रिटमा अध्यादेश बदर घोषित गर्न, अध्यादेशका आधारमा हुने संवैधानिक परिषद्का बैठकमा सहभागी नहुने तथा नियुक्तिसम्बन्धी अन्य कुनै निर्णय नगर्न आदेश जारी गर्न समेत माग गरिएको छ ।
साथै अध्यादेशका आधारमा परिषद्को बैठक बसेर भएका नियुक्ति सिफारिस उत्प्रेषणको आदेशले बदर गर्न माग गरिएको छ ।