काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वयबीच भेटवार्ता भएको हो ।
भेटमा मंगलबार प्रधानमन्त्री ओलीले राष्ट्रपतिमार्फत जारी गरिएको अध्यादेशको बारेमा छलफल भएको छ । भेट लगत्तै स्थायी कमिटी बैठक बस्दै छ ।
स्थायी कमिटी बैठकमा अध्यादेशको विषयमा छलफल हुने छ । यसअघि टुंगोमा नपुगेको दुई अध्यक्षले सार्वजनिक गरेको प्रतिवेदनको विषयमा पनि छलफल हुन बाँकी छ ।
मंगलबार प्रचण्ड निवास खुमलटारमा बसेको शीर्ष नेताहरुको छलफलबाट प्रधानमन्त्रीले राष्ट्रपतिमार्फत ल्याएको अध्यादेशबारे स्यायी कमिटीमा छलफल गर्ने साझा एजेण्डा तय भएको थियो । बैठकमा तत्काल अध्यादेश फिर्ता लिनका लागि प्रधानमन्त्रीसमक्ष माग गरिने छ ।