• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी

अनुमतिविना औषधी भित्र्याउने ८ जना पक्राउ

  •  मेन समाचार संवाददाता
  • १ पुष २०७७, बुधबार १५:०३ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    तस्वीर: रासस

    चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले अवैध औषधिसहित ८ जनालाई पक्राउ गरेको छ । कार्यालयले आज पत्रकार सम्मेलन गरी पक्राउ परेकालाई सार्वजनिक गरेको हो ।

    पक्राउ पर्नेमा कालिका नगरपालिका–४ का २८ वर्षीय राजकुमार महतो, सोही नपा वडा नं ३ का ३१ वर्षीय हरिशरण चौधरी, माडी नगरपालिका–३ का २२ वर्षीय बालकृष्ण महतो र मिलन महतो, मकवानपुरगढी गाउँपालिका–८ का २५ वर्षीय सुरज गौतम, सोही गापा वडा नं ३ का २३ वर्षीय प्रकाश दाहाल, हेटौँडा उपमहानगरपालिका–५ का २५ वर्षीय उज्वल पोख्रेल र २३ का २३ वर्षीय बिपिन सापकोटा रहेका छन् ।

    माडी नगरपालिका–९ सोमेश्वरमा ठोरीबाट माडीतर्फ ल्याउँदै गरिएको ना४ख ४४२५ नंको गाडीबाट अवैध औषधिसहित उनीहरुलाई पक्राउ गरिएको हो ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङका अनुसार बरामद भएको अ‍ैषधिको मूल्य अनुमानित २१ लाख १० हजार ५३२ छ । माडीमा नै बेवारिसे अवस्थामा नौ लाख ९५ हजार १०० बराबरको औषधि बरामद भएको छ । वगही खोलाको किनारको झाडीमा बेवारिसे अवस्थामा औषधि भेटिएको गुरुङले जानकारी दिए ।

    औषधि व्यवस्था विभागबाट बिक्री वितरणका लागि अनुमति नपाएका औषधिहरु लुकाएर ल्याउने गरेको पाइएको उनले बताए । बाथरोग, क्याल्सियम कमी भएका र पेटसम्बन्धी समस्या भएका बिरामीले प्रयोग गर्न सक्ने ती औषधि नेटवर्र्किङ व्यवसायको प्रयोजनका लागि ल्याइएको हुन सक्ने उनले जानकारी दिए ।

    गैरकानूनीरुपमा औषधि नेपाल भित्र्याउने उनीहरुलाई थप अनुसन्धान र कारबाहीका लागि औषधि व्यवस्था विभागमा पठाइने गुरुङले बताए । अवैध कारोबारका लागि माडी–ठोरी नाका प्रयोग हुँदै आएको भन्ने सूचनाका आधारमा चेकजाँचका क्रममा उनीहरुलाई मङ्गलबार बिहान पक्राउ गरिएको हो । रासस

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    बागमती प्रदेश प्रमुख शर्माबाट दुईवटा विधेयक प्रमाणीकरण
    डडेल्धुरामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
    रैथानेबाली प्रवर्द्धनका लागिभन्दै तेस्रो जुम्ला महोत्सव आयोजना गरिने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      मतदाता नामावलीमा दाबी बिरोधका लागि आयोगले दियो समय

    • २.
      आगलागीबाट घर जलेर नष्ट लमजुङमा

    • ३.
      केन्याबिरुद्द नेपाली टिम घोषणा, ज्ञानेन्द्रको पुनरागमन

    • ४.
      आन्दोलनमा उत्रिए अस्पताल खारेज गर्ने निर्णय विरुद्ध नागरिक समाज

    • ५.
      अछामका १० वटा पालिकाको वार्षिक राजश्व ६ करोड

    • ६.
      सुर्खेतमा १३२ केभी लाइन विस्तारमा समस्या

    • ७.
      एउटै गठबन्धनमा संघीयता विरोधी र पक्षधरः प्रदीप ज्ञवाली

    • १.
      ती फिल्मनिर्माताः जसले जातकै कारण प्रेमिकालाई आत्महत्या गर्न र छोरालाई वेवारिशे हुन बाध्य बनाए

    • २.
      चलचित्र ‘चपली हाइट ३’ तेस्रोपटक किन रिलिज हुँदैछ

    • ३.
      मूल्य नघटाउने भन्दै आयल निगमले देखायो मासिक १ अर्ब २७ करोड घाटा

    • ४.
      नियमविपरित एनआरएनए सिइओ नियुक्ति भएको आरोप, पाँच सय प्रतिशत तलब भत्ता वृद्धि

    • ५.
      अन्जन र तेजलाई थप गर्दै प्रशिक्षक अब्दुल्लाहले २६ खेलाडीलाई प्रशिक्षणमा बोलाए

    • ६.
      हास्य कलाकार घनश्यामको ‘लुटतन्त्र’

    • ७.
      चेत बहादुर बुढाथोकीको ‘मन बिग्रने त्यति खेर’ सार्वजनिक

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.