काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएपछि बुधबारको नेकपा स्थायी कमिटी बैठक प्रभावित भएको छ । बैठकमा प्रधानमन्त्री नआएपछि कार्यकारी अध्यक्ष प्रचण्ड थप छलफलमा लागेका छन् । उनले प्रधानमन्त्री ओली सँग पुनः भेटवार्ता गर्दै बैठकमा सहभागी हुन आग्रह गरेका छन् ।
पुर्वनिर्धारित बैठक शुरु हुनुभन्दा अगाडी पनि प्रचण्डले ओलीसँग भेटवार्ता गरेका थिए । बिहानको भेटलगत्तै शुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली नै अनुपस्थित भएपछि बैठकमा छलफल हुन नसकेको हो ।
पछिल्लो छलफलमा प्रधानमन्त्री ओली र प्रचण्डसहित महासचिव विष्णु पौडेल पनि सहभागी छन् ।