• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

खोटाङमा ट्रयाक्टर दुर्घटनाः सहचालकको मृत्यु,चालक घाइते

  •  मेन समाचार संवाददाता
  • १ पुष २०७७, बुधबार १७:५४ प्रकाशित
    Advertisement
    प्रतिकात्मक तस्वीर

    खोटाङ । ट्याक्टर दुर्घटना हुँदा खोटाङमा आज सोही ट्रयाक्टरका सहचालकको मृत्यु भएको छ । सप्तरीको फत्तेपुरबाट धान लिएर खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरी जाँदै गरेको सु–प–प्र–०१–००२ त ४२९८ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा उदयपुरको लिम्चुङ्बुङ गाउँपालिका–४ बलम्ताका १८ वर्षीय किरण राईको घटनास्थलमै मृत्यु भएको हो ।

    दुर्घटनामा सोही ठाउँका ट्रयाक्टर चालक १९ वर्षीय तुजन राई गम्भीर घाइते भएको इन्द्रेणीपोखरीका वडाध्यक्ष देवेन्द्र राईले बताए। सिम्पानी–रोक्सिमभञ्ज्याङ सडकखण्डअन्तर्गत इन्द्रेणीपोखरीको मेर्लामा अनियन्त्रित भएको ट्रयाक्टर सडकबाट पल्टिएर करीब तीन मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।

    दुर्घटनालगत्तै घटनास्थलमा इलाका प्रहरी कार्यालय खोटाङबजार र प्रहरीचौकी सिम्पानीबाट प्रहरी पुगेका छन् । घाइतेलाई कम्मरमुनिको भाग नचल्ने अवस्थामा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रोक्सिमभञ्ज्याङ पुग्नुभन्दा करीब आधा घण्टा अगाडि ट्रयाक्टर दुर्घटनामा परेको स्थानीय बासिन्दाले जनाएका छन् । शव परीक्षणका लागि उदयपुर पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ । रासस

    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    धारिलो हतियार प्रहार गरी बाबु-छोराको हत्या, तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान गरिँदै
    गण्डकीमा एमालेले कांग्रेसलाई बराबरीमा रोक्यो
    लण्डनमा शिक्षामन्त्री पौडेल
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      रोहितले छाडे पर्सिजा जाकार्ता, भन्छन्- असल मान्छे बनायो

    • २.
      धारिलो हतियार प्रहार गरी बाबु-छोराको हत्या, तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान गरिँदै

    • ३.
      बिरामी बाेकेको एम्बुलेन्स दुर्घटना, तीन जना घाइते

    • ४.
      निर्वाचित भएका जनप्रतिनिधिहरूका थरीथरीका घोषणाहरू सार्वजानिक हुन थाले

    • ५.
      मकवानपुरमा लागूऔषधसहित तीनजना पक्राउ

    • ६.
      गण्डकीमा एमालेले कांग्रेसलाई बराबरीमा रोक्यो

    • ७.
      डाक्नेश्वरीको प्रमुख र उपप्रमुखमा एमाले विजयी

    • १.
      यस्तो छ भरतपुर महानगरपालिकाको पछिल्लो अपडेट

    • २.
      नेपाल र भारतबीच ६ वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर

    • ३.
      पुन: रेनुले बढाइन् मतान्तर भरतपुरमा

    • ४.
      नेपाल ट्यालेन्ट हन्टको अडिसन खुल्ला, ५० लाख जित्ने अवसर

    • ५.
      गठबन्धनलाई हराउँदै एमालेको जित घिरिङ गाउँपालिकामा

    • ६.
      जो दोहोरिएर चुनाव लड्दा पराजित भए

    • ७.
      झलनाथको निर्वाचन क्षेत्रमा गठबन्धनलाई हराउँदै एमालेका थेबेले बने गाउँपालिका अध्यक्ष

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.